कांग्रेसबाट प्यूठान नगरपालिकामा मेयर र उपमेयरमा १० जना सिफारिस
प्यूठान : नेपाली कांग्रेस प्यूठान नगरपालिकास्तरीय समितीले मेयर र उपमेयर पदमा सहमती जुट्न नसकेपछि दश जनाको नाम एकमुष्ठ सिफारिस गरिएको छ। नगर सभापती नेत्र बहादुर केसीका अनुसार दुई जना महिला र सात जना पुरुषको नाम सिफारिस गरिएको छ।
पार्टी पूर्व सभापती सुवास केसी, शालिकराम पण्डित, अमंरप्रसाद भण्डारी सहित देबेन्द्र बर्मा, मेघराज भट्ट, भगवता विष्ट, नारायणी कुमारी थापा, रिखिराम पण्डित, खगेश्वर थापा र विरेन्द्र थापाको नाम सिफारिस भएको छ। पार्टीका वर्तमान जिल्ला उपसभापती बर्मा यस अघि पनि मेयरमा चुनाव लडेका थिए।
नगरस्तरीय समितिले दश जनाको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको छ। पालिकास्तरका उम्मेदवारको निर्णय कांग्रेसमा जिल्लाले नै गर्ने प्रावधान छ। सिफारिस भएका दश जनामध्येबाट मेयर र उपमेयरको निर्णय जिल्लाबाटै भएर आउने नगरसभापती केसीले जानकारी दिए।