लोमान्थाङमा कांग्रेसका ८ जना जनप्रतिनिधिले दिए राजीनामा

लोमान्थाङमा कांग्रेसका ८ जना जनप्रतिनिधिले दिए राजीनामा

जोमसोम : बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न लोमान्थाङ गाउँपालिकाका ८ जना जनप्रतिनिधिले शुक्रबार राजीनामा दिएका छन्। उनीहरुले गाउँपालिका अध्यक्ष सुवर्णकुमार बिष्ट समक्ष पदबाट राजीनामा दिएका हुन्।

स्थानीय तहको निर्वाचन मनोनयपत्र बुझाउने समय दुई बाँकी रहँदा लोमान्थाङका ८ जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएको लोमान्थाङका प्रशासन प्रमुख बिकास केशीले जानकारी दिए।

आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न २०७४ सालको स्थानीय तहको निर्वाचनमा लोमान्थाङ गाउँपालिकाबाट निर्वाचित ४ जना वडाध्यक्ष र ४ जना वडासदस्यहरुले पदबाट राजीनामा दिएको प्रशासन प्रमुख केशीले उल्लेख गरे। स्थानीयतह निर्वाचनमा उम्मेदवार बन्नका लागि राजीनामा दिनेमा लोमान्थाङ—१ का वडाध्यक्ष पेमा आङ्ग्या गुरुङ, वडा नम्बर-२ बाट ङवाङ खेटु गुरुङ, ३ बाट आङ्ग्या गुरुङ र ४ बाट नम्डु गुरुङ छन्।

यस्तै राजीनामा दिने अन्य वडासदस्यहरुमा पेमा छिरिन गुरुङ, छिरिङ युटिन गुरुङ, पासाङ छिरिङ गुरुङ र महिला सदस्य काच्र्युङ बिष्ट छन्।

राजीनामा दिने वडाध्यक्ष तथा वडासदस्यहरु सबै नेपाली कांग्रेस निटक रहेको प्रशासन प्रमुख केशीले बताए। उनीहरुले स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित भई जनप्रतिनिधिको हैसियतले कार्यसम्पादन गदैआईरहेको र बैशाख ३० गते हुँने निर्वाचनमा उम्मेदवार हुन चाँहेकाले यसअघिको पदबाट राजीनामा दिन परेको पत्रमा उल्लेख गरेका छन् ।

लोमान्थाङमा कांग्रेस निकट जनप्रतिनिधिले पदबाट राजीनामा दिँदै आफूले प्रयोग गर्दैआईरहेको सवारी साधन पालिका अध्यक्ष सुवर्णकुमार बिष्टको रोहबरमा पालिकाका स्टोर शाखा प्रमुख कमल कंडेललाई फिर्ता गरेको प्रशासन प्रमुख केशीले जानकारी दिए। उनका अनुसार लोमान्थाङमा ४ जना वडाध्यक्षले ४ थान मोटरसाइकल पालिकालाई फिर्ता गरेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.