निर्वाचनको विरोध गर्ने १० जना पक्राउ

निर्वाचनको विरोध गर्ने १० जना पक्राउ

परासी : निर्वाचन विरोधी कार्यक्रममा सहभागी भएका मोहन वैद्य समूहका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पश्चिम नवलपरासीको सुनवल बजारको चोकमा आयोजना गरिएको कोणसभाबाट शनिबार उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्ने वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। वैद्य समूहले स्थानीय तह निर्वाचनलाई बहिष्कार गर्ने निर्णय गरेको छ। कोणसभा उक्त समूहको लुम्बिनी प्रदेश समितिले आयोजना गरेको थियो। 

पक्राउ पर्नेमा वैद्य समूहका केन्द्रीय पोलिटब्यूरो सदस्य धमेश्वर पोखरेल (प्युठान), स्थानीय समिति सदस्य रामसिंह श्रीष (बुटवल), मोहनलाल शर्मा, रामचन्द्र पोखरेल, पवित्रा बस्ती, रवि पुन छन्।

त्यसैगरी ऋषिराम वि.क., चन्द्रमान मानन्धर, यमबहादुर गुरुङ र रवि पाण्डे छन्। पक्राउ परेका रवि पाण्डे पत्रकार हुन्। उनी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका पूर्वकोषाध्यक्षसमेत हुन्। पाण्डेले आफू फोटो खिच्न गएको बखत पक्राउ परेको जनाएका छन्। प्रहरीले भने कार्यकर्ताको रुपमा कार्यक्रममा सहभागी भएकाले पक्राउ गरेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.