एमाले मुस्ताङका सबै उम्मेदवारको टुगों
जोमसोम : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले मुस्ताङले जिल्लाका ५ वटै स्थानीय तहमा आफ्नो उम्मेदवार टुगों लगाएको छ। निर्वाचनका लागि मनोनयपत्र दर्ता गर्ने अघिल्लो दिन एमाले मुस्ताङले अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित वडासदस्यहरुको टुगों लगाएको एमाले जिल्ला कमिटी उपाध्यक्ष रमेश गुरुङले जानकारी दिए।
नेकपा एमालेले मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा नसी नर्बु गुरुङ र उपाध्यक्षमा छिमी बिष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लोमान्थाङ गाउँपालिकामा एमालेले १ मा निमा ढिन्डुक गुरुङ, २ मा कर्मा नाम्ग्याल गुरुङ, ३मा आङजिन गुरुङ, ४ मा छिरिङ ढिन्डुक गुरुङ र ५ मा छिरिङ गोम्वो गुरुङलाई उम्मेदवार बनाउने भएको पालिका कमिटी अध्यक्ष निमा ढिन्डुक गुरुङले बताए।
लोघरक दामोदरकुण्ड गाउँपालिकामा एमालेले अध्यक्षमा लोप्साङ छोम्फेल बिष्ट र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङलाई उम्मेदवार बनाउने भएको छ। लोघेकरबाट १ मा टै ढुन्डुक ठकुरी र २ मा थुक्तेन छिरिङ गुरुङलाई वडाध्यक्षमा सिफारिस भएका छन्। यहाँ वडा ३, ४ र ५ को वडाध्यक्ष टुगों लाग्न बाँकी रहेको पालिका कमिटी कमिटीका कार्यवाहक अध्यक्ष टै ढुन्डुक ठकुरीले जानकारी दिए।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा एमालेले रिङझिङ नाम्गेल गुरुङ र उपाध्यक्षमा ढिकी गुरुङलाई अघि सारेको छ। वारागुङ मुक्तिक्षेत्र १ मा प्रमेश गुरुङ, २ मा गमबहादुर गुरुङ, ३ मा बिनोद गुरुङ, ४ मा फेन्दो गुरुङ र वडा -५ मा सुरेन्द्र गुरुङ वडाध्यक्षमा उम्मेदवार बन्नेछन्। एमाले जिल्ला कमिटी उपाध्यक्ष रमेश गुरुङले वारागुङ मुक्तिक्षेत्रमा सबै उम्मेदवारको टुङ्गो लागिसकेको बताए।
सदरमुकामको घरपझोङ गाउँपालिकामा एमालेले अध्यक्षमा सञ्जय थकाली र उपाध्यक्षमा मीमकुमारी शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। घरपझोङको वडा ५ मा प्रदिप थकाली,वडा ४ मा फडिन्द्र थकाली र वडा-४ मा भिषण थकालीलाई वडाध्यक्षमा उम्मेदवार बनाईदैछ। यहाँको वडा १ र २ मा वडाध्यक्ष उम्मेदवार फाईनल नभएको पालिका कमिटी अध्यक्ष प्रदिप थकालीले जानकारी दिए।
मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्ष पदमा प्रदिप गौचन र उपाध्यक्ष पदमा सुनिता शेर्पालाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको छ।
एमाले जिल्ला कमिटी सदस्य विशाल शेरचनका अनुसार थासाङ—१ मा बिजय थकाली ,३ मा महेन्द्र गौचन,४ मा विशाल शेरचन र वडा ५ मा देवचन्द्र शेरचनलाई वडाध्यक्ष पदमा उम्मेदवार बनाईने भएको छ। थासाङ—२ को वडाध्यक्ष उम्मेदवारको निर्णय भईनसकेको जिल्ला कमिटी सदस्य शेरचनले जानकारी दिए।