स्थानीय तह निर्वाचन :  डोटीमा दलहरुले भोलि मात्रै मनोनयन दर्ता गर्ने

स्थानीय तह निर्वाचन :  डोटीमा दलहरुले भोलि मात्रै मनोनयन दर्ता गर्ने

डोटी : जिल्लामा राजनीतिक दलहरुले भोलि मात्रै मनोनयन दर्ता गर्ने भएका छन्। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने समय आइतबार र सोमबारका लागि तोकेको भएपनि डोटीका राजनीतिक दलहरुले सोमबार मात्रै मनोनयन दर्ता गर्ने भएका हुन्।

नेकपा एमालेले जिल्लाको जोरायल गाउँपालिकामा भने आइतबार नै मनोनयन गर्ने भएपनि अन्य आठ पालिकामा भने सोमबार गर्ने एमाले जिल्ला अध्यक्ष चक्र मल्लले जानकारी दिए । 'केहि वडाहरुमा उम्मेदवार छनौटमा ढिलाई भएको छ, ' अध्यक्ष मल्लले भने, 'टाढा–टाढा बस्ती भएकाले पनि उम्मेदवारहरुको कागजात संकलमा केही ढिलो भएकाले भोलि मात्रै मनोनयन गर्नुपर्ने भएको हो ।'

नेपाली कांग्रेस, नेकपा एस तथा नेकपा माओवादी केन्द्रले भने अझै पालिकामा उम्मेदवार छान्न सकिरहेको छैन । गठबन्धनको लागि अन्तिम समयसम्म पनि छलफलमै भएकाले उम्मेदवार छनौटमा ढिलाइ भएको नेपाली कांग्रेसका जिल्ला सचिव गणेश खड्काले जानकारी दिए ।

‘कांग्रेसले आफ्नो तर्फबाट तीन दिन अगाडि नै भागबन्डाको कुरा टुङ्ग्याइसकेको भएपनि अन्य दलहरुले लम्ब्याएका कारण गठबन्धनको भागबन्डा मिलेको छैन र सम्भवत: अब गठबन्धन हुँदैन,' सचिब खड्काले भने, 'हामी अब मित्रवत प्रतिस्पर्धाबाट निर्वाचनमा जान्छौं, 'आज नै कांग्रेसले उम्मेदवारको टुङ्गो लगाउँछ र भोलि मनोनयन दर्ता गर्छ,' उनले भने ।

‘गठबन्धन हुन्छ कि भनेर उम्मेदवार छान्नमा ढिला भएको नेकपा एसका जिल्ला अध्यक्ष दीर्घ बोगटीले जानकारी दिए । बोगटीले भने, 'हामी छलफलमै छौं । आज बेलुकासम्म केही न केही निष्कर्शमा पुग्छौं र भोलि मात्रै मनोनयन प्रक्रियामा जान्छौं ।'

त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि माथिको निर्णय पर्खिरहेको बुझिएको छ । 'अहिले गठबन्धनको सिंहदरबारमा बैठक बसिरहेको छ, यताको विषयमा पनि केहि निर्णय आउँला,' ,नेकपा माओवादी डोटीका ईन्चार्ज शिबसिं ओलीले भने, 'यता गठबन्धनको टुङ्गो लाग्न सकिरहेको छैन, त्यसै कारणले पनि उम्मेदवार छनौटमा ढिलाइ भएको हो, 'उनले भने, 'आन्तरिक तयारी भने हामीले गरिसकेका छौं, मनोनयन दर्ताको काम भोलि नै हुन्छ ।'

अझै गठबन्धनको टुङ्गो लागेन

डोटीमा अझै गठबन्धनको टुङ्गो लागेको छैन । मनोनयन दर्ता प्रक्रिया आइतबार र सोमबार भएपनि अहिलेसम्म गठबन्धनको टुङ्गो नलागेका कारण उम्मेदवार छनौटमा समेत ढिला भइरहेको छ । भागबन्डामा कुरा नमिलेपछि चुनाबी गठबन्धन अनिश्चित भएको हो ।

डोटी कांग्रेस गठबन्धनको पक्षमा खासै नरहेको भएपनि नेकपा माओवादी भने जसरी पनि गठबन्धन हुनुपर्नेमा जोड दिइरहेको छ । गठबन्धनको कुरा जिल्ला र प्रदेशमा नमिलेपछि केन्दमै गएको बुझिएको छ । ‘केन्द्रको गठबन्धनको अहिले बैठक बसिरहेको छ, डोटीको विषयमा समेत केहि निर्णय गर्न सक्छ हामी त्यसको पर्खाइमा छौं,' नेकपा माओवादीका जिल्ला इन्चार्ज शिबसिं ओलीले बताए ।

एमालेले उम्मेदवारको टुङ्गो लगायो

नेकपा एमाले डोटीले सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाइसकेको छ । एमालेले शनिबार नै उम्मेदवारको टुङ्गो लगाएको हो । स्थानीय तहको निर्वाचनमा एक्लै चुनाब मैदानमा जाने भएकाले पनि एमालेले समयमै उम्मेदवारको टुङ्गो लगाएको हो ।

नेकपा एमाले डोटीले निम्न पालिकामा निम्न उम्मेदवार छनौट गरेको छ :

दिपायल सिलगढी नगरपालिका
प्रमुख : लक्ष्मण मलासी, उपप्रमुख : रुपा कठायत
शिखर नगरपालिका
प्रमुख : भीमबहादुर बलायर, उपप्रमुख : लक्ष्मी मल्ल
पूर्वीचौकी गाउँपालिका
अध्यक्ष : कृष्ण कुमार खड्का, उपाध्यक्ष : शारदा साउँद
बढीकेदार गाउँपालिका
अध्यक्ष : चक्रवहादुर घर्ति, उपाध्यक्ष : सपना सिराडी
आदर्श गाउँपालिका
अध्यक्ष : डम्मर ओली, उपाध्यक्ष : जानकी खड्का 
बोगटान फुड्सिल गाउँपालिका
अध्यक्ष : हस्त बहादुर बुढा, उपाध्यक्ष : ज्ञानु मल्ल बम
जोरायल गाउँपालिका
अध्यक्ष : दुर्गादत्त ओझा, उपाध्यक्ष : जमुना बोहरा
सायल गाउँपालिका
अध्यक्ष : तेजबहादुर डुम्रेल, उपाध्यक्ष : बिष्नादेवी सिंह, 
केआईसिंह गाउँपालिका
अध्यक्ष : तेजवहादुर माँझी,  उपाध्यक्ष : धनादेवी कुँवर
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.