स्याङ्जा कांग्रेसले टुंग्यायो पालिका उम्मेदवार

स्याङ्जा कांग्रेसले टुंग्यायो पालिका उम्मेदवार

स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जाले गठबन्धन कायम गर्नेगरी ६ गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षसहितका उम्मेदवार टूंग्याएको छ। शनिबार साँझ बसेको बैठकले गाउँपालिकाको टुंगो लगाएको हो।

नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार चयनका लागि भने गण्डकी प्रदेशमा छलफल जारी रहेको बताइएको छ।
पालिकामध्ये अर्जुनचौपारीमा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसकै उम्मेदवार बनाइएका छन। अन्य ५ वटा पालिकामा भने गठबन्धन भित्रका उम्मेदवारलाई उपाध्यक्ष र अन्य केही पदहरु दिनेगरी उम्मेदवार चयन गरेको पार्टी प्रवक्ता भरत लम्सालले जानकारी दिए। 

उनका अनुसार अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ्लाई उम्मेदवार बनाउने निर्णय भएको छ। 

यसैगरी फेदीखोलामा लक्ष्मीप्रसाद बराल, आँधीखोला गाउँपालिकामा प्रेमराज पौडेल, हरिनासमा टोपबहादुर भुजेल, विरुवामा डोलराज पोखरेल र कालीगण्डकीमा माया रानालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो।

उपाध्यक्षसहित तोकिएका संख्यामा केही अध्यक्ष र सहस्यहरुमा गठबन्धनले निर्णय गरेर पठाउने भएका छन्। नेकपा एमालेको गढ मानिएको फेदिखोलाका बराल नेकपा एमाले परित्यागगरी केही साताअघि कांग्रेसमा प्रवेश गरेका हुन। उनलाई केहीदिनअघि जिल्ला सदस्य पदमा मनोनित भएका थिए।

जिल्लास्थित ठूला राजनीतिक दल एमाले र कांग्रेसले भने सोमबार मनोनयन दर्ता गराउने जनाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.