नवलपरासीका सात पालिकामा यी हुन् एमालेका उम्मेदवार

नवलपरासीका सात पालिकामा यी हुन् एमालेका उम्मेदवार

परासी : नेकपा एमालेले पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। टुंगो लगाएका प्रमुख उमेदवारमा अधिकांश पुरानै छन्।

बर्दघाट नगरपालिकाबाहेक अन्य पालिकामा एमालेले एकल उम्मेदवार उठाएको छ। त्यहाँ राष्ट्रिय जनमुक्तिसँग तालमेल गरेर उम्मेदवार टुंगाएको छ। बर्दघाट नगरपालिकाको प्रमुखमा धीरज शर्मा बस्याललाई उम्मेदवार बनाइएको छ। उपमेयरमा राष्ट्रिय जनमुक्तिबाट तारा रानालाई उठाइएको छ। राष्ट्रिय जनमुक्तिले सूर्य चिन्ह लिएर चुनाव लड्ने एमालेले जनाएको छ। प्रमुख पदका उम्मेदवार बस्याल दोहोरिएका हुन्। 

सुनवल नगरपालिकाको प्रमुखमा विमला अर्याल र उपप्रमुखमा सूर्य दुबे छन्। त्यहाँ यसअघि जितेका उपमेयरको ठाउँमा दुबेलाई ल्याइएको हो। प्रमुख पदकी उमेदवार अर्याल यसअघि नेपाली कांग्रेससँग पराजित भएकी हुन्।  

रामग्राम नगरपालिकाको प्रमुखमा धनपद यादव र उपप्रमुखमा लक्ष्मी क्षेत्री उम्मेदवार छन्। सरावल गाउँपालिकाको अध्यक्षमा सुखाडी चौधरी र उपाध्यक्षमा बासमती हरिजन छन्। सुस्ता गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे छन्। सुस्ता गाउँपालिकाको उपाध्यक्षमा इन्द्रकुमारी थरुनी छन्। अध्यक्ष र उपाध्यक्ष दुवै दोहोरिएका हुन्। 

पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा अफताब आलम अंसारी र उपाध्यक्षमा रिंगला यादव छन्। प्रतापपुर गाउँपालिकाको अध्यक्षमा खेमनारायण चौधरी र उपाध्यक्षमा थमसरा न्यौपाने (कमला)लाई उमेदवार बनाइएको पार्टी जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए। यसअघिको चुनावमा एमालेले बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो। सुनवलमा उपमेयर जितेको थियो। एमालेबाहेक अन्यदलले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.