रिक्सा चालकदेखि मेयरसम्मले गरे मनोनयन दर्ता

रिक्सा चालकदेखि मेयरसम्मले गरे मनोनयन दर्ता

रौतहट : स्थानीयतह निर्वाचनका लागि रौतहटमा मनोनयन दर्ताको आइतबार पहिलो दिन न्यून संख्यामा उम्मेदवारी दर्ता भएका छन्। जिल्लाका १८ स्थानीय तहका निर्वाचन कार्यालयहरुमा आइतबार धेरैजसो स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन्।

सदरमुकाम गौरमा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार अनिमेश मिश्रले मनोनयन दर्ता गराएका छन्। यस्तै निवर्तमान मेयर अजयकुमार गुप्ताले लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। यस्तै सोही पार्टीबाट  उपमेयरमा उषा झाले उम्मेदवारी दर्ता गराएकी छिन्।

ईशनाथ नगरपालिकामा नेपाली कांग्रेसकातर्फबाट मेयर पदमा अञ्जु झा र उपमेयर पदमा लालबिहारी साहले मनोनयन दर्ता गराएका छन्। चन्द्रपुर नगरपालिका-४ मा वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार केदारप्रसाद तिमल्सेनाले मनोनयन दर्ता गरेका छन्।

तिमल्सेना रिक्सा चालक हुन। उनी १५ वर्ष अघिदेखि चन्द्रपुरमा रिक्सा चलाउँदै आएका छन्। उनले चन्द्रपुर नगरपालिकाको केन्द्र रहेको वडा नम्वर ४ बाट उम्मेदवारी दिएका हुन्।

यस्तै चन्द्रपुर नगरपालिकाको मेयरमा उन्नत लोकतान्त्रीक पार्टीका तर्फबाट किरण घिमिरे,स्वतन्त्रबाट टिकाजंग देवकोटा र नेकपा समाजवादीका तर्फबाट प्रेमनाथ तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्। चन्द्रपुर नगरपालिकामा तीन जना मेयरसहित ५ जना वडा अध्यक्षले उम्मेदवारी दर्ता गराएका छन्।

रौतहटमा १८ स्थानीय तह मध्ये १६ नगरपालिका र २ गाउँपालिका रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.