पहिलो दिन भरतपुरमा क-कसले दिए उम्मेदवारी?

पहिलो दिन भरतपुरमा क-कसले दिए उम्मेदवारी?

चितवन : भरतपुर महानगरपालिकाको प्रमुख पदमा साना दलले मात्रै उम्मेदवारी दर्ता गरेका छन्। पहिलो दिन ११ जनाले मेयर पद र ३ जना उपमेयर पदमा मनोनयनपत्र दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार केही स्वतन्त्र उमेदवार पनि उम्मेदवारी दर्ता गरेका छन्।

उम्मेद्वारी नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालराष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुन मगर, उन्नत लोकतान्त्रिक पार्टीबाट दिपेन्द्र बास्तोला, मौलिक जरोकिलो पार्टीबाट विनोद कुमार गिरी र नेकपा (माले)बाट सूर्यप्रसाद रेग्मीले मेयर पदमा मनोनयनपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए।

त्यस्तै स्वतन्त्रतर्फ मेयर पदमा भरतपुर-११ का रुद्रप्रसाद सापकोटा, भरतपुर-१ का यामकान्त शर्मा कँडेल, भरतपुर-१ का रामकृष्ण ओझा, हरिशचन्द्र घिमिरेले मनोनयनपत्र दर्ता गराएका छन्। त्यस्तै भरतपुरको उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापा मगर, मंगोल नेशनल अर्गनाईजेशनबाट सुष्मा तामाङ र नेकपा (माले)बाट इन्दिरा शर्मा गौलीले मनोनयनपत्र दर्ता गराएको कार्यालयले जनाएको छ। आज पहिलो दिन सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दलले मनोनयनपत्र दर्ता गरेनन्।

पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल, नेकपा एमालेका विजय सुवेदीलगायतले भने मनोनयन दर्ता गराउन बाँकी नै छ। मनोनयन दर्ताको समय सोमबार बेलुकी ५ बजेसम्म छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.