भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीले गराए मनोनयन दर्ता
![भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीले गराए मनोनयन दर्ता](https://annapurnapost.prixacdn.net/media/albums/chitawon_20220425152319_LfQfikRKNv.jpg)
चितवन : नेकपा एमालेका उम्मेदवार विजय सुबेदीले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका सुवेदीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्। एमाले केन्द्रीय सदस्य देवी ज्ञवाली प्रस्तावक र सांसद कृष्णभक्त पोख्रेल समर्थक बसेका थिए।
उम्मेदवारी दर्तापछि पत्रकारसँग कुराकानी गर्दै सुवेदीले नगरबासीको अभिलेख राख्ने बताए । उनले भने, 'गरिब विपन्नको जीवनस्तर उकास्ने , गुरुयोजना बनाएर संसारकै सुन्दर नगर बनाउनतिर लाग्छु। नमूना सहर बनाउँछु।' एमालेले राप्रपासँग भरतपुरमा तालमेल गर्ने भएको छ । उपप्रमुख पाएको राप्रपाले मनोनयन दर्ता गरेको छैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)