गुल्मीको मदानेमा एमालेबाट मनोनयन दर्ता
गुल्मी : गुल्मीको मदाने गाउँपालिकामा एमालेले मनोनयन दर्ता गराएको छ। मदाने गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय पुर्कोट दहमा पुगेर एमालेका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडा सदस्यले मनोनयन दर्ता गराएका हुन्।
एमालेका उम्मेदवारहरुले बाजागाजासहित उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षका उम्मेदवार प्रेम केसी युवा हुन् भने उपाध्यक्ष पदका सरिता खड्का यसअघि गाउँ पालिकाको उपाध्यक्ष रहेकी थिईन्। मनोनयन दर्ता कार्यक्रममा नेकपा एमालेका सचिव गोकर्ण विष्टसमेत उपस्थित थिए।