वीरगन्जको मेयरमा १८ जनाको उम्मेदवारी, उपमेयरमा लोसपाबाट बागी उम्मेदवार

वीरगन्जको मेयरमा १८ जनाको उम्मेदवारी, उपमेयरमा लोसपाबाट बागी उम्मेदवार

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मेयरमा १८ जनाले उम्मेदवारी दिएका छन्। डेढ महिनाअघि जनता समाजवादी पार्टी छाडेर नेकपा एमाले प्रवेश गरेका निवर्तमान मेयर विजय कुमार सरावगीले समेत उम्मेदवारी दिएका छन्।

सरावगी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट मेयरमा निर्वाचित भएका थिए। तर पार्टीभित्रैबाट असहयोग भएको भन्दै सरावगीले फागुन २८ गते जसपा त्यागेर एमालेमा प्रवेश गरेका थिए। वीरगन्ज महानगरमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेल गरिएको छ।

त्यस्तै महानगरको मेयरमा सत्तागठबन्धनबाट जसपाका राजेशमान सिंहले उम्मेदवारी दिएका छन्। २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरको उम्मेदवार बनेका सिंहले तेस्रो स्थानको मत ल्याएका थिए। उनी डेढ महिना पहिलेमात्रै लोसपा त्यागेर जसपामा प्रवेश गरेका हुन्।

सोमबार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पर्साका सांसद प्रदीप यादवका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले मेयरमा मनोनयन दर्ता गराएका हुन्।

त्यस्तै राप्रपाबाट पत्रकार गिरिश गिरीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। वीरगन्जका पूर्वमेयर स्वर्गीय गोपाल गिरीका छोरा गिरिशलाई राप्रपाले मेयरको उम्मेद्वार बनाएको हो।

त्यस्तै महानगरको मेयरमा नेपाल सद्भावना पार्टीबाट विजय कुमार रौनियार, नेपाल मजदुर किसान पार्टीबाट गोकर्णप्रसाद कोइरीको पनि उम्मेदवारी परेको छ। मेयरमा स्वतन्त्रबाट प्रभात सिंह,  जमिल राय भाठ,  रिजवान अली,  राजेन्द्र प्रसाद सिंह, महमद सगिर अली,  फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल, सन्जिव कुमार यादव,  कैलाशप्रसाद सर्राफ, राधेश्याम साह र राजेश सिंहले पनि उम्मेदवारी दिएका छन्।

उपमेयरमा ४ जनाको उम्मेदवारी

वीरगन्जको उपमेयरमा भने २ स्वतन्त्रसहित ४ जनाको उम्मेदवारी परेको छ। एमाले र लोसपाको गठबन्धनबाट लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झाले उम्मेदवारी दिएका छन्। यी दुई दलबीच भएको चुनावी तालमेलमा मेयर एमालेलाई र उपमेयर लोसपाले पाउने सहमति गरिएको थियो।

महानगरको उपमेयरमा सत्तागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सचिव इम्तियाज आलमले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनको चुनावी तालमेलमा वीरगन्ज महानगरको मेयर जसपालाई र उपमेयर कांग्रेसलाई दिने सहमति भएको थियो।

महानगरको उपमेयरमै राप्रपाका तर्फबाट बीना देवीको पनि उम्मेदवारी परेको छ। उपमेयरमै लोसपा नेतृ रम्भा सिंहले भने स्वतन्त्र उम्मेदवारी दिएकी छन्। एमाले र लोसपाबीच भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै लोसपाकी नेतृ रम्भा मिश्राले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।

वीरगन्ज महानगरमा मेयर र उपमेयर पदमा दलहरुबीच दुई छुटटा-छुट्टै गठबन्धन भए पनि वडाहरुमा भने दलहरुबीच चुनावी तालमेल हुन सकेन। महानगरका ३२ वटै वडामा वडा अध्यक्ष र सदस्य पदमा हरेक दलहरुले छुट्टा-छुटटै उम्मेदवारी दिएका छन्।

महानगरको मेयरमा उम्मेदवारी दिएका एमालेका विजय सरावगी, जसपाका राजेशमान सिंह र राप्रपाका गिरिश गिरी। तस्बिर : क्रान्ति शाह


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.