डोल्पाका दुई पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध

डोल्पाका दुई पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध

सुर्खेत : स्थानीय तहको निर्वाचन अन्तर्गत डोल्पाका तीन पालिकामा एकल उम्मेदवारी परेको छ। सोमबार मनोनयन दर्ताका क्रममा जिल्लाका काइके, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकामा एकल उम्मेदवारी परेको हो। योसँगै यी तीन वटै पालिकाका अध्यक्ष र केही वडाहरुमासमेत निर्बिरोध नेतृत्व चयन भएको छ। यद्यपी निर्वाचन आयोगले यसको आधिकारिक घोषणा गर्न बाँकी छ।

डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा अंगतकुमार राना निर्बिरोध निर्वाचित भएका छन्। उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका हुन्। यो गाउँपालिकाका वडाध्यक्षहरु पनि निर्बिरोध निर्वाचित भएका छन्। अन्य दलले उम्मेदवारी नदिएपछि उनीहरुको एकल उम्मेदवारी दर्ता भएको हो। यो गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए। यस्तै डोल्पाकै छार्काताङसोङ गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीकै उम्मेदवार सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका छन्। 

नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा कर्णाली इन्जार्ज प्रकाश ज्वालाले डोल्पाबाट आफ्नो पार्टीले स्थानीय तहमा खाता खोलेको बताए। उनकाअनुसार डोल्पाकै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा वाङ्जु गुरुङको एकल उम्मेदवारी परेको छ। उनी पनि समाजवादीकै हुन्। काइकेको अध्यक्षमा निर्विरोध चयन भएका राना र छार्काताङसोङ अध्यक्षमा निर्विरोध भएका गुरुङ यसअघि २०७४ को निर्वाचनमा पनि विजयी भएका थिए। उनीहरु दुबैजना केही साता अघिमात्र एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। 

यस्तै जिल्लाको शेफोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावासम्डुक लामाको मात्र उम्मेदवारी परेको छ। एकल उम्मेदवारी परेसँगै उनी पनि निर्विरोध निर्वाचित भएको एमाले कर्णालीका अध्यक्ष विनोदकुमार शाहले बताए। शाहले गाउँपालिकामा एमालेको पुरै प्यानल नै विजयी भएको दाबी गरे। उनकाअनुसार गाउँपालिकाको उपाध्यक्षमा एमालेकै छार्काताङसोङ लामा निर्विरोध भएकी छन्। यस्तै गाउँपालिकाका वडाहरुमा पनि एकल उम्मेदवारी परेको छ। यद्यपी जिल्ला निर्वाचन कार्यालय डोल्पाले पनि रुजु भइरहेको जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.