उदयपुरमा विप्लवका नेता स्वतन्त्रबाट उम्मेदवार

उदयपुरमा विप्लवका नेता स्वतन्त्रबाट उम्मेदवार

उदयपुर : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उदयपुरमा स्थानीय चुनावमा सहभागिता जनाएको छ। निर्वाचन आयोगमा पार्टी औपचारिकरुपमा दर्ता नभएको अवस्थामा उक्त पार्टीले उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिनसम्म नेता तथा कार्यकर्तालाई स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन्। 

नेकपाले उदयपुरगढीको प्रमुखमा जितबहादुर पुलामी मगरलाई उठाएको छ। त्यस्तै सोही पालिकाको वडा नं.५ मा केशव श्रेष्ठ, ६ मा ढकबहादुर राउत र ८ मा रेबती श्रेष्ठलाई उम्मेदवार बनाएको जिल्ला इन्चार्ज विवेक कुमालले बताए।
 

त्यसैगरी त्रियुगा नगरको उपप्रमुखमा रामकृष्ण सदा, वडानं ७ मा मानबहादुर दनुवारलाई वडाध्यक्षमा अगाडि बढाएको छ। कटारी नगरपालिकाको वडानं.४ मा पुराना कम्युनिष्ट नेता पूर्णबहादुर कटुवाल र बेलका नगरपालिका वडानं. ९ मा मनकुमारी राई घिमिरेलाई वडाध्यक्षमा उम्मेदवार दर्ता गराएको छ।
 
पार्टीको केन्द्रीय नेतृत्वमा निर्वाचनमा सहभागि हुने कि नहुने विषयमा दुई लाईन संर्घष जारी रहँदा उदयपुरमा भने स्थानीय चुनावलाई उपयोग गर्ने योजना बनाएको छ। पार्टीले रास्ट्रवादी, एमसीसी विरोधी उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.