रुबलमा भुक्तानी नगरेकोले रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास नपठाउने

रुबलमा भुक्तानी नगरेकोले रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास नपठाउने

मस्को : रुसले पश्चिमी देशविरुद्ध ठूलो कदम चाल्ने भएको छ । पोल्याण्ड र बुल्गेरियाले रुसबाट आउने ग्यासको आपूर्ति एक–दुई दिनमा बन्द हुने बताएको छ ।

रसियाको सरकारी ग्यास आपूर्ति कम्पनीले यी देशहरूलाई रुसी मुद्रा रूबलमा कारोबार गर्न भनेको थियो। त्यसो नगरे आपूर्ति बन्द हुने रुसले बताएको थियो। दुवै देशले रुबलमा कारोबार गर्न अस्वीकार गरे।

युरोपेली युनियन र नेटोका यी दुई सदस्य राष्ट्रहरूले उर्जा कम्पनी गाजप्रोमले बुधबारदेखि ग्यास आपूर्ति बन्द गरिने बताएको उल्लेख गरेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना 'गैर-सहयोगी राष्ट्रहरू' बाट डलरको सट्टा रुबलमा भुक्तानी लिने घोषणा गरेपछि रसियाले कुनै देशलाई आपूर्ति कटौती गरेको यो पहिलो पटक हो।

रुसको आक्रमणपछि पोल्याण्डले आफ्नो छिमेकी राष्ट्र युक्रेनलाई समर्थन गर्दै आएको छ। अमेरिका र अन्य पश्चिमी मुलुकबाट युक्रेनमा पठाइने हतियारको ट्रान्जिट पोल्याण्ड नै हो।

पोल्याण्ड सरकारले यस हप्ता उसको सरकारले युक्रेनी सेनालाई ट्याङ्कहरू पठाने बताएको  छ। यसबाहेक, मङ्गलबार पोल्याण्डले गाजप्रोम सहित ५० रूसी कम्पनी र व्यवसायीमाथि प्रतिबन्धको घोषणा गरेको छ।

युरोपले जाडोमा घरहरु तातो बनाउन, बिजुली उत्पादन र इन्धन उद्योगका लागि रुसबाट ठूलो परिमाणमा ग्यास आयात गर्छ। यो आयात युक्रेन युद्ध पछि पनि जारी छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.