चितवनमा बागी उठेकालाई कांग्रेस नेताले निवासमै पुगेर भने, ‘निर्णयमा पूर्नविचार गर्नुहोस्’
![चितवनमा बागी उठेकालाई कांग्रेस नेताले निवासमै पुगेर भने, ‘निर्णयमा पूर्नविचार गर्नुहोस्’](https://annapurnapost.prixacdn.net/media/albums/chitwan-congress-bagi_20220427111738_j676HWtFJT.jpg)
चितवन : नेपाली कांग्रेस चितवनको नेतृत्वले भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई भेटेका छन्। सभापति राजेश्वर खनालको नेतृत्वमा गएको टोलीले पूर्व सांसद पौडेललाई भेटेर आफ्नो निर्णयमा पुर्नविचार गर्न आग्रह गरेका हुन्।
मंगलबार साँझ कृष्णपुर स्थित पौडेल निवासमा कांग्रेसका नेताले सस्ंथागत रुपमै आग्रह गरेका हुन्। टोलीमा उपसभापति राजिव न्यौपाने र सचिव सुर्य अर्याल थिए। ‘तपाईं जुन बाटो हिंड्दै हुनुहुन्छ त्यो बाटोमा पूर्नविचार गर्न आग्रह गर्यौं , ’ सभापति खनालले भने , ‘उनलाई हामीले आफ्नो तर्फबाट कुरा गर्यौं। उनले पूर्नविचार गर्नुहुन्छ भन्ने विश्वास गरेका छौं। ’ गठबन्धनको निर्णय अनुसार पार्टीलाई सहयोग गर्न पनि टोलीले आग्रह गरेको थियो।
गठबन्धनले भरतपुरको महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रलाई दिएर उपप्रमुख कांग्रेसले लिएको छ। उपप्रमुख सहित २९ वडामध्ये कांग्रेसले २० वटा वडा लिएको छ। कांग्रेसलाई प्रमुख नदिएको भन्दै असन्तुष्ट पौडेलले स्वतन्त्र उमेदवारी हालेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)