उपल्लो मुस्ताङमा ईन्टरनेट भरपर्दो नहुँदा कर्मचारीलाई समस्या

उपल्लो मुस्ताङमा ईन्टरनेट भरपर्दो नहुँदा कर्मचारीलाई समस्या

जोमसोम : उपल्लो मुस्ताङको दुई पालिकामा ईन्टरनेट सुविधा भरपर्दो नहुँदा बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचन कार्यक्रमका लागि खटिने कर्मचारीलाई समस्या पर्ने गरेको छ। उपल्लो मुस्ताङसम्म ईन्टरनेटको पहुँच पुगेपनि त्यहाँको भौगोलिक अवस्था र मौसम प्रतिकुलताका कारण त्यसक्षेत्रमा ईन्टरनेट सेवाअवरुद्ध हुने गरेको छ।

 
आसन्न स्थानीयतह निर्वाचनका लागि आयोगले बैशाख १३ र १४ गते उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने समय तोकेको थियो। मनोनयपत्र दर्ता गर्ने पहिलोदिन लोघेकर दामोदरकुण्डमा कुनै मनोनयपत्र दर्ता भएन भने लोमान्थाङमा २३ जनाले मनोनयनपत्र दर्ता गरे। तर मनोनयनपत्र दर्ता गर्ने दोस्रोदिन भने लोघेकर दामोदरकुण्डमा ३० जना र लोमान्थाङमा २३ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गरे। 

निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहको निर्वाचन कार्यक्रम जिल्लामा मुख्य निर्वाचन कार्यालय र निर्वाचन आयोगमा कार्यक्रमको विवरण र उपलब्धि ईमेल मार्फत पेश गर्नुपर्ने हुन्छ। तर, सोमबार र मंगलबार उपल्लो मुस्ताङमा ईन्टरनेट सेवा अवरुद्ध हुँदा लोघेकर गाउँपालिकाको निर्वाचन कार्यक्रममा खटिएका निर्वाचन अधिकृत नेपालहरी रानाभाट उम्मेदवारी मनोनयपत्रको अभिलेख लिएर जोमसोम आईपुगे।

उनी लोघेकर दामोदरकुण्डबाट करिव ९० किमीको दुरीतय गरी जोमसोम आएर आयोगमा रिपोर्ट पठाएको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिए। उपल्लो मुस्ताङको लोमान्थाङमा ईन्टरनेट सेवामा समस्या भएपनि जेनतेन ढिलो गरी त्यहाँका कर्मचारीले आयोगलाई रिपोर्ट पठाएको उनले बताए।
 
उपल्लो मुस्ताङमा ईन्टरनेट सेवा भरपर्दो नहुँदा उपल्लो मुस्ताङका दुई पालिकाको निर्वाचन कार्यक्रमको दैनिक अपडेट आयोग र मुख्य निर्वाचन कार्यालयले समस्या भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.