रोकिएका १० वस्तु आयातमा ५७ अर्ब बाहिरियो, राष्ट्र बैंककै सुझावमा आयात रोक

रोकिएका १० वस्तु आयातमा ५७ अर्ब बाहिरियो, राष्ट्र बैंककै सुझावमा आयात रोक

काठमाडौं : आयातको ग्राफ उच्च हुँदै गएपछि सरकारले विलासी १० प्रकारका सामान आयातमा रोक लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै असार मसान्तसम्म विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको हो।

सरकारले कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, ३२ इनचमाथिका  रंगीन टेलिभिजन,  जीप, कार र भ्यान, २५० सिसी माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास रोक लगाएको हो। 

भन्सार विभागका अनुसार चालुआर्थिक वर्षको ९ महिनामा सरकारले रोकेका १० वटा वस्तु ५७ अर्ब ३५ करोडको आयात भएको छ। यसमध्ये सबभन्दा धेरै मोवाइल फोन तथा उपकरण आयात भएको छ। ३५ अर्ब १७ करोड भन्दा बढीको फोन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

१३ अर्ब ८६ करोडको १२ हजार ६ सय ३२ थान सवारी आयात भएको छ। २ अर्ब ६७ करोड रुपैयाँको टेलिभिजनको आयात भएको छ। २ अर्ब १४ करोडको हिरा आयात भएको छ। १ अर्ब ३२ करोडको मदिरा आयात भएको छ। ५८ करोडको कुरकुरे आयात भएको छ। ११ करोडको चुरोट आयात भएको छ। 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंककै सल्लाहमा सरकारले १० प्रकारका वस्तुको आयातमा रोक लगाएको बताए। बैंकको ६७ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै गभर्नर अधिकारीले विलासी वस्तु रोक्नुको विकल्प नभएको बताए। 

राष्ट्रबैंकले यसअघि ४० वटा वस्तु आयत गर्दा एलसी खोल्न शतप्रतिशत र ६ वटा वस्तुमा ५० प्रतिशत नगद मार्जिनको व्यवस्था गर्दा गर्ना अघिल्लो महिनाको तुलनामा चैत्रमा साढे २ प्रतिशत मात्रै आयात रोकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.