घण्टाघरलाई 'ज्याकारान्डा'को माला (तस्बिरसहित)
काठमाडौं : अहिले ढकमक्क फूलेको ज्याकारान्डासँगै घण्टाघर उभिएको छ । झट्ट हेर्दा लाग्छ घण्टाघरले माला लगाएको छ ।
चैतदेखि फुल्न सुरु हुने ज्याकारान्डाले जेठ महिनासम्म उपत्यकाको सडकलाई सुन्दर मात्रै पार्दैन, आन्तरिक तथा बाह्य पर्यटकलाई पनि लोभ्याउने गर्छ । तस्बिरमा हेरौं घण्टाघर क्षेत्रमा फूलेका ज्याकारान्डासहितको सुन्दर दृष्य ।