गृहमन्त्री खाणले भरतपुमा गठबन्धनको विरोधमा उत्रिएका काङ्ग्रेसी नेतालाई भेटे

गृहमन्त्री खाणले भरतपुमा गठबन्धनको विरोधमा उत्रिएका काङ्ग्रेसी नेतालाई भेटे

चितवन : भरतपुमा  गठबन्धनको विरोधमा उत्रिएका काङ्ग्रेसका नेतालाई गृहमन्त्री बालकृष्ण खाणले भेट गरेका छन्। पार्टीमा देखिएको असन्तुष्ट नेता कार्यकर्तालाई मिलाउन गृहमन्त्री खाण सक्रिय छन्। 

उनले भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र  उम्मेदवारी दिएका पूर्वा सांसद्‍ जगन्नाथ पौडेललाई भेटेर निर्णय फिर्ता लिन आग्रह गरेका छन्। कृष्णपुरस्थित पौडेल निवासमा  गोप्य बार्ता गरेका थिए। पौडेलले पार्टीमा गरेको योगदानको चर्चा गर्दै पार्टीको निर्णय पालना गरेर सहयोग गर्न आग्रह गरेका छन्। मुलुकमा प्रतिगमनकोविरुद्ध  पाँच दलीय गठबन्धन गरेको बताउँदै सहयोगको लागि आग्रह गरेका छन्। 
 

त्यसअघि उनका प्रस्तावक मिना खरेल, समर्थक रहेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भिमबहादुर श्रेष्ठलाई भेट गरेका छन्। 

खाण बुधबार चितवन आए लगत्तै भेटघाट तीव्र पारेका छन्। बुधबार राति अबेरसम्म उनले भेटघाट गरेका थिए। त्यस्तै उनले नेपाली कांग्रेस चितवनको कार्यसमिति सङसँग भेट गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.