युद्धभूमिमा रुसले ल्यायो‘जासुसी डल्फिन’
मस्को : रुस र युक्रेनबीच पछिल्लो दुई महिनादेखि युद्ध चलिरहेको छ । यी २ महिनामा रुसले युक्रेनका धेरै ठूला सहर ध्वस्त पारेको छ ।
लाखौं मानिस आफ्नो देश छोडेर छिमेकी मुलुकमा पलायन हुन बाध्य छन् । यस्तो समयमा रसियाले युद्धभूमिमा डल्फिन छाडेको जानकारी स्याटेलाइट तस्विरबाट बाहिर आएको एबीपी लाइभमा समाचार छ।
रुसले कालो सागरको नौसेना सैन्य आधारमा ट्रेन्ड मिलिटरी डल्फिन तैनाथ गरेको छ। यो तस्विर बाहिर आएपछि रुसले पानीमुनिको नौसैनिक जहाजमाथि आक्रमण रोक्न डल्फिनको प्रयोग गरिरहेको अनुमान गरिएको छ ।
यूएस नेभल इन्स्टिच्युटले स्याटेलाइट तस्बिरको जाँच गरेको थियो। रुसले फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गर्दा नै दुई डल्फिनलाई सैन्य अखडामा लगिएको अनुसन्धानले देखाएको छ। सैन्य कामको लागि डल्फिनलाई प्रशिक्षण गरिने लामो इतिहास रहेको समाचारमा उल्लेख छ। रूसले यी डल्फिनहरूको प्रयोग समुद्रमुनि रहेका सामान खोज्न र दुश्मनका गोताखोरहरू पत्ता लगाउन प्रयोग गरेको छ।
यो तस्विर भेटिएको बन्दरगाहको नाम सेभास्टोपोल बन्दरगाह हो । उक्त बन्दरगाह रुसी सेनाका लागि निकै महत्वपूर्ण छ । यो क्रिमियाको दक्षिणमा छ।
युएसएनआईका अनुसार धेरै रुसी जहाजहरू यहाँ बस्छन्। सेनाहरूले यहाँ क्याम्प राख्नुको सबैभन्दा ठूलो कारण यो बन्दरगाह शत्रुको क्षेप्यास्त्रको दायराभन्दा बाहिर छ। यति हुँदाहुँदै पनि सेनामाथि पानीमुनिबाट आक्रमण हुने खतरा सधैं रहन्छ।
त्यसैले पानीमुनिबाट हुने हमलाबाट जोगिन रुसले सेभास्टोपोल नजिकैको एक एक्वेरियममा डल्फिनलाई तालिम दिएको छ । एबीपी