'युक्रेन संकटमा संयुक्त राष्ट्रसंघ असफल भयो'

'युक्रेन संकटमा संयुक्त राष्ट्रसंघ असफल भयो'

वासिङटन डिसी : एन्टोनियो गुटेरेसले युक्रेनमा युद्ध रोक्न र अन्त्य गर्न सुरक्षा परिषद् असफल भएको बताए। यो ठूलो निराशा, रिस र क्रोधको कारण भएको उनले बताए।

युक्रेनमा रुसले आक्रमण गरेको दुई महिनाभन्दा बढी भइसकेको छ। यसै क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पहिलो पटक युक्रेनको भ्रमण गरेका छन्। आफ्नो भ्रमणका क्रममा गुटेरेसले सुरक्षा परिषद्को  आलोचना गरेका छन्।

'युद्धलाई टार्ने र अन्त्य गर्ने प्रयासमा संयुक्त राष्ट्र संघ असफल भएको छ,' उनले भने। संयुक्त राष्ट्र सुरक्षा परिषद् विशेष गरी विश्व शान्ति र सुरक्षाको लागि हो, तर युक्रेन संकटको मामलामा यो पूर्ण रूपमा असफल भएको छ।

फेब्रुअरीबाट युक्रेनमा भएको युद्ध रोक्न संयुक्त राष्ट्र सुरक्षा परिषद् असफल भएको भन्दै यसको आलोचना समेत भइरहेको छ। युक्रेन सरकारले पनि यसको निन्दा गरेको छ। रसिया संयुक्त राष्ट्र सुरक्षा परिषद्को पाँच स्थायी सदस्यहरू मध्ये एक हो । रुसले उक्त मुद्दामा एक पटक भन्दा बढी आफ्नो भिटो शक्ति प्रयोग गरिसकेको छ।

संयुक्त राष्ट्रका महासचिवले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग बिहीबार संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा गुटेर्रेसले राष्ट्रपति जेलेन्स्की र युक्रेनका जनतालाई सम्बोधन गर्दै भने, ‘हामी हार मान्दैनौं भन्नको लागि म यहाँ आएको हुँ।'

उनले सुरक्षा परिषद् असफल भए पनि संयुक्त राष्ट्रसंघले अन्य महत्वपूर्ण कदम चालेको भन्दै राष्ट्रसंघको बचाउ गरे। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.