उम्मेदवारी फिर्तापछि लोमान्थाङमा दलित महिला कोटा शून्य

उम्मेदवारी फिर्तापछि लोमान्थाङमा दलित महिला कोटा शून्य

जोमसोम : दुई जना दलित महिला सदस्यले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि लोमान्थाङ गाउँपालिकाको ५ वटै वडा दलित महिला सदस्य शून्य भएको छ। लोमान्थाङको ५ वटा वडा मध्ये वडा नं. ५ मात्र कांग्रेस र एमालेको दुई जना दलित महिला सदस्यले उम्मेदवारी मनोनयनपत्र निर्वाचन कार्यालयमा दर्ता गराएको थिए।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरै बैशाख ११ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको थियो।जसअनुसार लोमान्थाङ–५ को लागि दलित महिला सदस्य पदमा नेपाली कांग्रेसबाट भिपिक विश्वकर्मा र नेकपा एमालेबाट धावा पामो ल्होवाले उम्मेदवारी दर्ता गराएका थिए। आयोगले तोकेको समयअवधि आज सकिने दिनमा कांग्रेस र एमालेका दुबै जना दलित महिला सदस्यले आफ्नो उम्मेदवारी फिर्ता लिएको लोमान्थाङका निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए। दुबै पार्टीका दलित महिला सदस्य एकैसाथ कार्यालय आएर नाम फिर्ता लिएको निर्वाचन अधिकृत सुवेदीको भनाई छ।

निर्वाचन कार्यालयमा उम्मेदवारी फिर्ता लिन आएका दुबै पार्टीका दलित महिला सदस्यहरुले राम्ररी आखा नदेख्ने, बुढेसकाल भईसकेको, काम गर्न पनि नजान्ने र सही पनि गर्न नआउने भएकाले आफूहरुले उम्मेदवारी फिर्ता लिन परेको बताएका छन्।

५ दिन अघि दलित महिला सदस्य कोटामा उम्मेदवारी दिएका दुबै पार्टीका दलित महिला उम्मेदवार किन एकाएक यूटर्न भए भन्ने बिषय अर्थपूर्ण रहेको छ। उनीहरुसंगै आएका एक ब्यक्तिले निर्वाचन कार्यालयमा सुनाए अनुसार उनीहरु दलित भएकैले हिनताबोध भएर उम्मेदवारी फिर्ता लिएको हुनसक्ने अनुमान गरिएको छ। श्रोत भन्छ,‘यहाँ दलित भन्ने बिक्तिकै हेला र अपहेलितको नजरले हेरिन्छ। दलित कोटाबाट जितेर के गर्ने यसको कुनै मूल्य हुँदैन। यसैले राजनीतिक झमेलामा नफसी आफ्नै काम गरी स्वतन्त्र बस्ने उनीको इच्छा बुझियो।’

यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको १० वटा वडा मध्ये ८ वटा वडामा दलित महिला सदस्यको उम्मेदवारी मनोनयपत्र दर्ता भएको थिएन। लोघेकर दामोदरकुण्ड—२ मा टसी ल्हामो सुन्चौरीले मात्र एकल उम्मेदवारी दर्ता गराएकी थिईन। यो सगैं उपल्लो मुस्ताङको दुई पालिकामा दलित महिला सदस्य कोटामा उम्मेदवारी मनोनयपत्र दर्ता गरी निर्विरोध हुने सुन्चौरी एक मात्र दलित महिला सदस्य भएकी छिन्। उपल्लो मुस्ताङका कतिपय वडाहरुमा दलित महिला सदस्यहरु भएपनि समाजमा अपहेलित हुने डरले खुलेर राजनितिमा आउन नसकेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.