नवलपरासीमा ३० जनाको उम्मेदवारी फिर्ता

नवलपरासीमा ३० जनाको उम्मेदवारी फिर्ता

परासी : पश्चिम नवलपरासीमा नगर उपप्रमुख र गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिएका नेकपा एमाले र नेपाली कांग्रेसका २ सहित ३० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। फिर्ता लिनेमा सुनवल नगरपालिकाको उपप्रमुखमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका सोम बहादुर रायमाझी छन्। उनी कांग्रेस नगर समितिका सभापति हुन्। त्यस्तै उम्मेदवारी फिर्ता लिनेमा सरावल गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नेकपा एमालेका पञ्चराम चौधरी छन्। उनी एमाले जिल्ला कमिटी सदस्य हुन्। उम्मेदवारी फिर्ता लिनेमा माओवादी केन्द्र, नेकपा एस (एकीकृत समाजवादी), राप्रपा र जनमत पार्टीलगायतका छन्। राजनीतिक दलबाहेक स्वतन्त्रबाट उम्मेदवारी फिर्ता लिनेमा अधिकांश वडाअध्यक्षमा उम्मेदवारी दिएका छन्।

६ जनाको उम्मेदवारी रद्द भएको छ। रद्द हुनेमा बन्दसूचीमा रहेका र मतदाता नामावलीमा नाम नभएका छन्। त्यस्तै १ जनाको पेश्की फर्छ्यौट नगरेकाले उम्मेदवारी रद्द भएको छ। पेश्की फछ्यौट नगरेका कारण उम्मेदवारी रद्द हुनेमा सरावल गाउँपालिकाको वडा नं. ३ बाट उम्मदेवारी दिएका राष्ट्रिय जनता पार्टी(राजपा) बाट अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
 

३ नगरपालिका र ४ गाउँपालिसहित ७ स्थानीय तह रहेको जिल्लामा ७४ वडा छन्।  ३ सय ८४ पद आवश्यक रहेको जिल्लामा  कुल २१ सय ९ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी रुद्र प्रसाद रेग्मीले जानकारी दिए। 

३ नगरपालिकाबाट प्रमुख पदमा ३४ जनाको उम्मेदवारी परेको छ। उपप्रमुखमा १९ जनाको उम्मेदवारी परेको छ। ४ गाउँपालिकाबाट अध्यक्षमा  ४४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा ३५ जनाको उम्मेदवारी परेको छ। 

७४ वडाका लागि ४ सय ५० जना वडाअध्यक्ष पदमा उम्मेदवारी परेको छ। ७४ जना महिला सदस्यका लागि ३ सय ८२ जनाको उम्मेदवारी परेको छ। भने ७४ जना दलित महिला सदस्यका लागि ३ सय ७६ जनाको उम्मेदवारी परेको छ। १ सय ४८ जना खुला सदस्यतर्फ ७ सय ६९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.