बनेपाका मेयरले दिए राजीनामा
काभ्रे : बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिङ बादेले नगरप्रमुख पदबाट राजीनामा दिने घोषण गरेका छन्। नेकपा एमालेबाट बनेपा नगरपालिकामा निर्वाचित मेयर बादेले एमालेको साधारण सदस्यसमेत नरहने गरी शनिबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएका छन्।
शनिबार बनेपामा पत्रकार सम्मेलन गरेर एमाले पार्टीबाट साधारण सदस्यसमेत नरहने र नगर प्रमुखको पदबाटसमेत राजीनामा दिने बताए। उनले सोमबार नगरपालिका खुलेपछि नगर प्रमुखको पदबाट समेत राजीनामा दिने बताए। ०७४ को निर्वाचनमा बादे एमालेबाट बनेपा नगरपालिका जितेका थिए।
टिकटको दाबी रहेका मेयर फेरि टिकट नपाएपछि एमाले पार्टी छाडेका छन्। नेकपा एमाले काभ्रेले बनेपा नगरपालिका मेयरको लागि रत्न कुस रन्जितलाई टिकट दिएर उम्मेदवार बनाएपछि बादेले असन्तुष्टि राख्दै आएका थिए।