चेन्नईको कप्तानमा पुन: धोनी
काठमाडौं : चेन्नई सुपर किंग्सको कप्तानीको जिम्मेवारी पुन: महेन्द्र सिंह धोनीले पाएका छन्। वर्तमान कप्तान रविन्द्र जडेजाको विशेष आग्रहमा धोनीले कप्तानी स्विकार गरेका छन्।
जडेजाले आफूले कप्तानका कारण खेलमा राम्रो प्रदशन गर्न नसकेको भन्दै कप्तान बनिदिन धोनीलाई आग्रह गरेका थिए। धोनीलाई उनका फ्यानहरुले चेन्नईको नेतृत्व गरिदिन् आग्रह गर्दै आइरहेका थिए।
जडेजा यस सिजन मात्रै चेन्नईको कप्तान बनेका थिए। जडेजा कप्तान बनेसँगै चेन्नईले आइपीएलमा खराब प्रदशन गर्दै आइरहेको छ।
चेन्नई यस सिजन ८ खेलमा २ खेल जित्दै अंक तालिकाको ९औं स्थानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस !