इलाममा टाउको र शरीर टुक्रिएको अवस्थामा महिलाको शव फेला
इलाम: इलाम नगरपालिका ८ स्थित सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ । शनिबार साँझ प्रहरीले खनेर हेर्दा घाँटी र शरीर अलग भएको अवस्था शव भेटिएको स्थानीयले बताएका छन् । हातसमेत काटिएको अवस्थामा खाल्डोमा महिलाको शव भेटिएको हो ।
केही दिनअघिदेखि वेपत्ता भएकी विनिता काफ्लेको शव पहिचान भएको स्थानीयले बताएका छन् । अन्दाजी २५ वर्षीया काफ्ले वैशाख १४ गतेदेखि वेपत्ता भएकी थिइन् । घरदेखि दुई सय मिटर टाढा गाडेको अवस्थामा भेटिएको हो । उनको श्रीमानको गत वर्ष वैदेशिक रोजगारीका क्रममा विदेशमै मृत्यु भएको थियो ।
प्रहरीले महिलाको शव पोष्टमार्टमका लागि इलाम अस्पताल पुर्याएको छ ।