बाघको आक्रमणबाट पूर्वी चितवनमा एकजनाको मृत्यु
चितवन : बाघको आक्रमणबाट पूर्वी चितवनमा एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आइतबार बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो।
दाहाललाई बिहान ८ बजे बाघले आक्रमण गरेको हो। आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ। शव बिहान १० बजे भेटिएको हो। रासस
प्रतिक्रिया दिनुहोस !