भारतमा एकैदिन ३३ सय २४ जनामा कोरोना संक्रमण, दिल्लीमा सबैभन्दा बढी

भारतमा एकैदिन ३३ सय २४ जनामा कोरोना संक्रमण,  दिल्लीमा सबैभन्दा बढी

नयाँ दिल्ली :  भारतमा पछिल्लो २४ घन्टामा थप ३३ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ। ४ लाख ९६ हजार ६४० नमूना परीक्षणमा ३३ सय २४ जनामा संक्रमण पुष्टि भएको हो। कोरोनाबाट थप २४ जनाको कोरोनाबाट मृत्यु भएको छ।  भारतका पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ। संक्रमण बढेसँगै हाल देशमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ९२  पुगेको छ। 

दिल्लीमा कोरोना संक्रमण दर लगातार बढिरहेको छ। बीचमा ८ प्रतिशतको हारीहारीमा पुगेको र केही दिन अझै ४ दशमलम ५ प्रतिशतभन्दा माथि नै रहेको छ। विश्व संगठन डब्लूएचओका अनुसार ५ प्रतिशतभन्दा माथिको संक्रमण दर चिन्ताजनक मानिन्छ। पछिल्लो २४ घण्टामा सक्रिय केसहरूमा ४०८ ले वृद्धि भएको हो। शनिबार स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार ३६ सय ८८ जनामा संक्रमण देखिएको थियो।

दिल्लीमा सबैभन्दा बढी १५२० जनामा संक्रमण देखिएको छ। यसका साथै हरियाणामा ४९०, केरलमा ३३७,उत्तर प्रदेशमा २७५ र महाराष्ट्रमा १५५ संक्रमित रहेका छन्। पछिल्‍लो २४ घन्टामा २ हजार ९७६ जना कोरोनामुक्त भएका  छन्। योसँगै देशमा कोरोनाबाट निको हुनेको संख्या ४ करोड २५ लाख ३६ हजार २५३ पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.