मुस्ताङमा स्थानीय तह निर्वाचनमा ४ सय ९० सुरक्षाकर्मी परिचालन हुने

मुस्ताङमा स्थानीय तह निर्वाचनमा ४ सय ९० सुरक्षाकर्मी परिचालन हुने

जोमसोम : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मुस्ताङका ५ स्थानीय तहमा झन्डै ४ सय ९० जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ । यसका अतिरिक्त निर्वाचनको समयमा कुनै त्यस्तो अप्रिय घटना हुन नदिन नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीको क्वीक रियाक्सन टिम र सुरक्षा रिजर्भ फोर्स समेत तयारी अवस्थामा राखिएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र ,निष्पक्ष ,भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा एकीकृत सुरक्षा रणनीति तयार भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । निर्वाचनको समय अवधिभर नेपाली सेना,सशस्त्र प्रहरी ,जनपथ प्रहरी र म्यादी प्रहरीलगायतको टिमले सुरक्षा निगरानी गर्ने प्रजिअ शर्माले बताए।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुस्ताङमा २५६ जना म्यादी प्रहरी खटाइने भएको छ भने सोही अनुपात जनपथ प्रहरी परिचालन हुने प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए । मुस्ताङको ५ स्थानीय तहको ३८ मतदान केन्द्रमा २५६ जना म्यादी प्रहरी र ११२ जना जनपथ प्रहरी परिचालन हुनेछन् । 

प्रत्येक मतदान केन्द्र केन्द्रमा ५ जना म्यादी र ३ जना जनपथ प्रहरी खटाइने भएको छ।  यस्तै, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सशस्त्र प्रहरी ३३ नं. गुल्मले पनि सोही अनुसार आवश्यक तयार गरेको जनाएको छ । 

सशस्त्र प्रहरी गुल्मबाट ५ वटै स्थानीय तहमा ३–३ वटा मोबाइल सुरक्षा टिम खटाउनेछ । प्रत्येक मोबाइल टिममा ६ जना सशस्त्रका सुरक्षाकर्मी परिचालन गरिने छ ।यसका अतिरिक्त सशस्त्र प्रहरी गुल्मले ५ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयको सुरक्षार्थ थप ५–५ जना सशस्त्र प्रहरी खटाइसकेको छ भने जिल्ला निर्वाचन कार्यालयको सुरक्षाका लागि ५ जना सशस्त्र प्रहरी खटाइसकेको छ । 

सशस्त्र प्रहरीले ३० जनाको संख्यामा क्वीक रियाक्सन टिम ( क्यूआरटीम) यूनिफर्मसहित तयारी अवस्थामा राखेको छ ।यो टिम कुनै मतदान केन्द्रको  शान्ति सुरक्षामा खलबल हुन पुग्यो भने तत्काल त्यहाँ पुगेर शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने जनाइएको छ । 

निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी २५६ जना,जनपथ प्रहरी ११२ जना र सशस्त्र प्रहरी १२० जना ५ वटै तहमा परिचालन भइसकेका छन् । यसका अतिरिक्त ३ वटै सुरक्षा निकायको रिजर्भ फोर्स र प्रहरीको समेत मोबाइल टिम समेत खटाइने जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ । 

निर्वाचनको दिन नेपाल प्रहरी र म्यादीले पहिलो घेरा ,सशस्त्र प्रहरीले दोस्रो घेरा र नेपाली सेनाले तेस्रो घेरामा रही सुरक्षा निगरानी गर्नेछ।

म्यादी प्रहरीलाई ५ वटै पालिकाको सुरक्षा पोष्टमा खटाइयो

स्थानीय तह निर्वाचनका लागि १२ दिन बाँकी रहँदा जिल्लामा राजनीतिक पार्टीको प्रचार प्रसार र घरदैलो अभियान सुरु भइसकेको छ । निर्वाचन प्रचार प्रसार र घरदैलो अभियानका क्रममा सम्भावित मुठभेडलाई रोक्न ५ वटै तहमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसका लागि मुस्ताङमा भर्ना भएका म्यादी प्रहरीलाई ५ वटै तहको सुरक्षा पोष्टमा खटाइँदै छ ।

उनीहरुले प्रहरीसहितको टोलीसँग सुरक्षा गस्ती गर्नेछन् । मुस्ताङ सदरमुकाम जोमसोम र आसपासका क्षेत्रमा नेपाली सेना ,सशस्त्र प्रहरी,जनपथ प्रहरी र म्यादी प्रहरीले सुरक्षा गस्तीलाई तीव्रता दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.