मिथिलालाई नमूना नगर बनाउन भिजन र मिसनका साथ मेयरको उम्मेदवारी दिएको हुँ : महतो

मिथिलालाई नमूना नगर बनाउन भिजन र मिसनका साथ मेयरको उम्मेदवारी दिएको हुँ : महतो

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाका नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार महेन्द्र महतोले देशकै नमूना नगरपालिकाको रुपमा विकास गर्न भिजनकासाथ उम्मेदवारी दिएको बताएका छन् । पुष्पवलपुरमा घरदैलोको क्रममा भेटेका महतोले अन्नपूर्णसँग भने, 'मिथिला नगरपालिकालाई देशकै नमूना नगरपालिकाको रुपमा विकास गर्न भिजन र मिसनका साथ उम्मेदवारी दिएको हुँ ।'

उनले भ्रष्टाचाररहित समाजको निर्माण गर्ने आफ्नो पहिलो प्राथमिकता रहने बताए । 'नगरपालिकालाई समुन्नत र समृद्ध नगरपालिका निर्माणमा थुप्रै आधार तयार गर्न बाँकी रहेको छ । व्यवस्थित शहरीकरणका लागि भिजनको आवश्यक्ता छ, महतोले भने, ' नगरपालिकालाई कसरी नमूना नगरपालिकाको रुपमा विकास गर्न सकिन्छ भन्ने भिजन मसँग छ । मलाई मतदाताहरुले काम गर्ने मौका दिनुहुनेछ भन्नेमा म विश्वस्त छु ।'

मिथिला नगरपालिकामा ८० प्रतिशत जनता कृषिमा आस्रित रहेकाले यहाँको किसानलाई सिँचाई, मलखाद्य तथा बिउ विजनको अभाव हुन नदिने दावी गरे । विगतको नेतृत्वहरुले गलतका कारण नगरको विकास हुन नसकेकोमा उनले जिकिर गरे । 

आफू निर्वाचित भए नगरमा शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा विकास गर्नका लागि योजनाबद्ध रुपमा काम गर्ने दावी गरे । मिथिला नगरपालिकालाई प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकासका लागि पहल गर्ने पनि उनको कथन छ । उनले नदी दोहन नगरभित्रको ठूलो समस्या बनेको बताउँदै क्रसर उधोगहरुलाई व्यवस्थित गर्नेदेखि उत्खनन् र दोहनलाई उन्मुलन गर्ने विश्वास दिलाए ।

'निर्वाचित भएपछि नगरवासीकै सल्लाहको आधारमा नगर विकासका लागि काम गर्नेछु । घरदैलोको क्रममा मतदाताहरुबाट राम्रो रेस्पोन्स पाइरहेको छु । म नगरप्रमुखमा निर्वाचित हुनेमा पूर्णरुपमा विश्वस्त छु,' महतोले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.