सुनको मूल्य ८ सय रुपैयाँले घट्यो
काठमाडौं : नेपाली बजार सुनको मुल्य ८ सय रुपैयाँले घटेको छ। नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य ९८ हजार २ सय कायम गरिएको छ। यसअघि आइतबार प्रतितोला सुनको मूल्य ९९ हजार तोकिएको थियो।
यस्तै, आज तेजाबी सुनको मूल्यमा २ सयले गिरावट आएको छ। मूल्य घटेसँगै तोलाको ९७ हजार ७०० निर्धारण गरिएको छ। सोमबार तेजाबी सुनको मूल्य ९८ हजार ५०० मा खरिदबिक्री भएको थियो।
सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ९० पुगेको छ।
प्रतिक्रिया दिनुहोस !