पहाडी क्षेत्रमा अनुगमन गर्दै मुख्य निर्वाचन अधिकृत
उदयपुर : स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा मुख्य निर्वाचन अधिकृतलगायतका सुरक्षा प्रमुखहरु ग्रामिण क्षेत्रको अनुगमनमा निस्किएका छन्।
निर्वाचन आचारसंहिताको पालनका विषयमा राजनीतिक दललगायतका अन्य क्षेत्रबाट भएका प्रयास र त्यहाँको शान्ति सुरक्षा अवस्थाको बारेमा जानकारी लिन टोली पुगेको हो। मुख्यनिर्वाचन अधिकृत दिपक खनालसहितको टोलीमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको छ।
ग्रामिण क्षेत्रको अनुगमनमा निस्किएका प्रमुख निर्वाचन अधिकृत खनालले निर्वाचन अधिकृतको कार्यालयको तयारी, मतदाता स्थल र शान्ति सुरक्षाको अवश्था, निर्वाचन आचारसंहिताको बारेमा जानकारी लिएको बताएका छन्।
उनले निर्वाचन अधिकृतको कार्यालय निरीक्षण र त्यहाँ भईरहेका तयारी र गर्नु पर्ने कार्यभारको बिषयमा जानकारी लिँदै आवश्यक सुझावसमेत दिएको बताए। आयोगको तालिका बमोजिम उम्मेदवारले चुनाव चिन्ह पाएसँगै आचारसंहिताको पनि उत्तिकै उल्घंघन हुने खतरा बढेकाले सचेत गराउन पनि आफूले उपस्थिति जनाएको बताए।
कतिपय अवश्थामा भौगोलिक विकटता र त्यहाँको सूचना संम्प्रेषण गर्ने व्यवस्थाको बारेमा जानकारी नहुँदा काममा असहजता हुने देखिएकाले अनुगमनबाट वास्तविक तथ्य देखिएको उनले बताए।