भारतमा थप २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

भारतमा थप २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

नयाँ दिल्ली : भारतमा पछिल्लो २४  घन्टामा थप २५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोमबारको तुलनामा संक्रमण दर १८.७ प्रतिशत कम हो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५ सय ६८ जनामा संक्रमण देखिएको र २० जनाको ज्यान गएको हो।

दिल्लीमा मात्रै १०७६ जनामा संक्रमण देखिएको छ। यस्तै, हरियणामा ४३९, केरलामा २५०, उत्तर प्रदेशमा १९३, कर्नाटकमा १११ जना नयाँ संक्रमित थपिएका छन्।

मंगलबार २९ सय ११ जना कोरोनामुक्त भएका छन्।  हाल भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार १३७ रहेको छ। पछिल्लो २४ घन्टामा १६ लाख २३ हजार ७९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। देशमा १८९ करोड बढी मानिसले कोरोना खोप लगाइसकेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.