कांग्रेसलाई गठबन्धनको भर, एमालेलाई १० बुँदेको डर

कांग्रेसलाई गठबन्धनको भर, एमालेलाई १० बुँदेको डर

धरान : यहि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका दलहरुले चुनावी अभियान तीव्र पारेका छन् । प्रमुख दलहरु एमाले, कांग्रेस, माओवादी, जसपा, नेकपा एस, राप्रपा नेपाल, संघीय लिम्बूवान पार्टीले धरानमा घरदैलो कार्यक्रम आयोजना गरी मतदातासँग भोट मागि रहेका छन् । 

धरान उपमहानगरपालिकाको निर्वाचनमा एमालेका तर्फबाट मञ्जु भण्डारीले मेयर र पदम इस्वो लिम्बूले उपमेयरमा उम्मेदवारी दिएका छन् । कांग्रेसका तर्फबाट किशोर राईले मेयर र माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले उपमेयरमा उम्मेदवारी दिएका छन् । 

राई र बेघालाई गठबन्धनको तर्फबाट जसपा र नेकपा एसले समेत सघाउने भएका छन् । राप्रपाबाट नरेशकुमार शाक्यले मेयर र पूर्णमाया राईले उपमेयरमा उम्मेदवारी दिएका छन् । संघीय लिम्बूवान मञ्च नेपालका तर्फबाट अमर इजमले मेयर र सरस्वती सुब्बाले उपमेयरमा उम्मेदवारी दिएका छन् । 

एमालेका प्रदेश १ का सचिवालय सदस्य समेत रहेका म्याङबोले भने एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा रहेको बताए ।

धरानको निर्वाचनमा गठबन्धका उम्मेदवार र एमाले उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुनेछ ।  सदाझै एमालेले निर्वाचन जित्ने धरानमा यसपटक भने विरासत जोगाउन निक्कै कठिन देखिएको छ । २०७४ को स्थानीय निर्वाचनमा धरानमा एमालेका तारा सुब्बा मेयरमा र मञ्जु भण्डारी उपमेयरमा निर्वाचित भएका थिए । मेयर सुब्बाको कार्यकालको वर्षदिन नपुग्दै २०७५ मा निधन भएपछि धरानमा पुनः उपनिर्वाचन भएको थियो । उपनिर्वाचनका बेला एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गरेका थिए । 

उपनिर्वाचनमा कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई २ हजार ८ सय मत अन्तरले पराजित गरेका थिए । सुब्बाको निधनपछि उपमेयर भण्डारी कार्यबाहक मेयर हुँदा उपमहानगरमा राम्रा काम गर्न नसकेको भन्दै उपनिर्वाचनमा धरानबासीले कांग्रेसलाई मत दिएर जिताएका थिए । 

कांग्रेसलाई एक्लै हराएको एमालेले माओवादीसँग एकता हुँदा समेत उपनिर्वाचन हारेको थियो । एकलाख ३ सय २४ मतदाता रहेको धरानमा ७० हजार मत खस्ने अनुमान गरिएको छ । निर्वाचन जित्नका लागि  कम्तिमा २५ हजार मत कटाउनुपर्ने देखिन्छ । 

धरानमा सामाजिक अभियन्ता हर्क साङपाङ राईले पनि मेयरमा स्वतन्त्र उम्मेदारी दिएका छ्न् । धरानमा भ्रष्टाचारविरुद्ध अभियान चलाएका राईको पक्षमा पनि चुनावी माहोल राम्रै छ । राईले कांग्रेस एमाले तथा स्वतन्त्र उम्मेदवारको राम्रो मत काट्ने छ्न । हर्कले कांग्रेस एमाले भ्रष्टाचारी पार्टी भएकाले धराने जनताले यसपटक आफूलाई निर्वाचित गर्ने दाबी गरेका छ्न् ।

कांग्रेसलाई गठबन्धनको भर 

कांग्रेसका किशोर राई र माओवादीका अइन्द्रविक्रम बेघालाई चुनाव जित्ने मुख्य आधार भनेको गठबन्धनमा आवद्ध दलहरुको भर छ ।  गत उपनिर्वाचनको नतिजालाई आधार मान्ने हो भने पहिलो बनेको कांग्रेसलाई माओवादी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले सघाउने भएपछि चुनाव जित्न केहि सहज देखिएको छ ।

कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले यसपटक धरानमा गठबन्धन दलहरुका साझा उम्मेदवारले सहजै चुनाव जित्ने दावी गरे।

त्यस्तै, माओवादीको पनि राम्रो संगठन भएको धरानमा गठबन्धन आवद्ध दलहरुले उपमेयरमा सघाउने भएपछि माओवादीलाई पनि निर्वाचन जित्न सहज देखिन्छ । कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले यसपटक धरानमा गठबन्धन दलहरुका साझा उम्मेदवारले सहजै चुनाव जित्ने बताउँछन् । एमालेले यस अगाडि उपमेयर बनेकी उपमेयर भण्डारीलाई टिकट दिएका कारण पनि गठबन्धनका उम्मेदवारलाई चुनाव जित्ने बलियो आधार भएको उनको दावी छ । 

कांग्रेस मेयरका प्रत्यासी राईले पनि चुनावी नजिता आफ्नो पक्षमा आउने बताउँछन् ।  कांग्रेस, माओवादी, नेकपा एस र जसपाको राम्रो संगठन भएकाले आफूले चुनाव जित्ने उनको दावी छ । 

एमालेलाई आफ्नाकै डर

पार्टी विभाजनले असर पुगेको एमालेलाई धरानको निर्वाचन जितेर विरासत पर्काउन निक्कै चुनौती थपिएको छ। आदीवासी जनजाती बाहुल्य रहेको धरानमा एमालेले बाहुन समुदायबाट मेयरमा उम्मेदवारी दिएकाले पनि एमालेलाई चुनाव जित्न फलामको चिउरा चपाउन सरह छ । 

अर्कोतर्फ मञ्जु भण्डारीलाई मेयरको टिक दिएपछि एमालेभित्र रहेका १० बुँदे समूह र पूर्व मेयर मनोज मेन्याङबो नै असन्तुष्ठ बनेका छन् । १० बुँदेहरुलाई धरानमा टिकट वितरणमा विभेद गरिएकाले उनीहरुले भण्डारीविरुद्ध अन्तरघात गर्ने डर एमालेलाई छ । 

एमालेका प्रदेश १ का सचिवालय सदस्य समेत रहेका म्याङबोले भने एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा रहेको बताए । उनले धरानका धेरै वडाहरुमा एमालेको संगठन मजबुत रहेका कारण चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताए । एमालेका उपमेयरका उम्मेदवार पदम इस्वो लिम्बूले एमालेका केन्द्र सरकार र स्थानीय सरकारले गरेका राम्रा कामको प्रशंसा र बलियो जनसंगठका कारण यसपटकको निर्वाचन एमालेका उम्मेदवारहरुले जित्ने बताए । उनले धरानमा गठबन्धन नफाप्ने भएकाले पनि यसपटक एमालेको जित सुनिश्चित भएको छ । 

निर्णायक मत सुकुम्वासीको 

धरानमा निर्वाचन जित्न सुकुम्वासीको मत निर्णयक हुनेछ । धरानका २० वटै वडामा १३ हजार ५ सय घरपरिवार सुकुम्वासी छन् । धरानमा सुकुम्वासी परिवारको मत २४ हजार रहेको छ । दलहरुले सुकुम्वासीहरुको मत आफ्नो पक्षमा पार्न सके उनीहरुका लागि चुनाव जित्न सहज हुनेछ । 

सुकुम्बासी समुदाय पनि  विभिन्न पार्टीमा आवद्ध भएका कारण उनीहरुको भोट पनि बाडिनेछ । धरानमा धेरैजसो माओवादी, एमाले र कांग्रेसले नै सुकुम्वासी बस्तीमा पनि संगठन निर्माण गरेका छन् । नेपाल बसोवास बस्ती समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले यस अगाडि चुनाव जितेका सबै दलहरुले सुकुम्वासीहरुलाई प्रयोग मात्र गरेकाले यसपालीदेखि ' नो लाल पुर्जा, नो भोट' भन्दै सुकुम्वासीहरुले देशभर अभियान चलाएको बताए । उनले स्थानीय निर्वाचनमा भने स्वविवेकले मत हाल्न परिपत्र गरिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.