चुनावी नारा : ‘उपमेयर जिते ५ वर्ष नि:शुल्क सैलुन सेवा उपलब्ध गराउँछु’

चुनावी नारा : ‘उपमेयर जिते ५ वर्ष नि:शुल्क सैलुन सेवा उपलब्ध गराउँछु’

वीरगन्ज : विगतको चुनाव भन्दा यो चुनावको प्रचार शैली फेरिएको छ। विगतको निर्वाचनमा एउटा दलबाट लडेका उम्मेदवारले अहिले भने दल पनि फेरेका छन्। यति मात्र नभइ उम्मेदवारहरुको भोट माग्ने नारा र बाचा पनि विगतको भन्दा फेरिएको छ। जसको उदाहरण बाराको सिम्रौनगढमा एक उम्मेदवारले फरक खालको चुनावी नारा घोषणा गरेर मत मागेका छन्। उनको चुनावी नारा सुन्दा नै अनौठो लाग्छ।

 
प्राय अधिकांश उम्मेदवारले गाँउ टोलमा विकासको बाढी नै ल्याइ दिने, भ्रष्टचार अन्त्य गरिने जस्ता चुनावी नारा दिइरहेका छन्। तर बाराको सिम्रौनगढ नगरपालिकाको उपमेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गजेन्द्र प्रसाद कुशवाहाले आफूले चुनाव जितेमा पाँच वर्षको कार्यकालभरि नगरपालिकाले नि:शुल्क सैलुन सेवा (कपाल र दाढी काट्ने ) घोषणा गरेका छन्।
  
सिम्रौनगढ नगरपालिकामा नेकपा एसले मङगलबार आयोजना गरेको चुनावीसभालाइ सम्बोधन गर्दै उपमेयरका उम्मेदवार कुशवाहाले उपमेयरमा जितेमा नगरवासीका लागि नि:शुल्क सैुलन सेवा उपलब्ध गराउने घोषणा गरेका हुन्। कुशवाहाले भने,‘यदि जनताले मलाइ उपमेयरमा जिताए भने आफ्नो पाँच वर्षको कार्यकालभर पुरै सिम्रौनगढवासीका लागि निःशुल्क कपाल र दाढी काट्ने सेवा उपलब्ध गराउछु, त्यसका लागि आवश्यक हजाम (कपाल दाह्री काट्ने नाइ ) हरुको प्रबन्ध पनि मिलाउछु।’

उनको घोषणा सुनेर कार्यक्रममा सहभागी स्थानीयले जोड् जोड्ले ताली पनि पिट्दै समर्थन पनि जनाएका छन्। मङगलबारको कार्यक्रममा कुशवाहाको यो चुनावी नारा घोषणामा मात्र सिमित पनि रहेन, लगत्तै कुशवाहाले कार्यक्रमको मन्चमा एक जना मतदातालाई बोलाएर हजामबाट दाह्री काट्न पनि लगाए।
 
नेकपा एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष रमेश कुमार पन्जालीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य बतहु यादव, स्थानीय नेता नवल किशोर पटेल, लक्ष्मी महतोले पनि सम्बोधन गरेका थिए।
 
क्याप्सन ः बाराको सिम्रौनगढमा आयोजित नेकपा एकीकृत समाजवादीको चुनावी सभामा उपमेयरका उम्मेदवारले निशुःल्क सैलुन सेवा उपलब्ध गराउने घोषणा गरेपछि मन्चमै नाइले एक मतदाताको दाह्री काट्दै


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.