युक्रेनलाई तीन अर्ब ७६ करोड डलर सहयोग गर्ने बेलायतको घोषणा

युक्रेनलाई तीन अर्ब ७६ करोड डलर सहयोग गर्ने बेलायतको घोषणा

लण्डन : बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन्। रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको युक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो।

युक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै आक्रमणको विरोध गर्दै युक्रेनको पक्ष लिएको थियो।

बेलायतले अहिले घोषणा गरेको सहयोग सैन्य सहयोग भएको बताइएको छ। यो सहयोगले रुससँग युक्रेनलाई प्रतिवाद गर्न सजिलो हुने यूक्रेनका अधिकारीहरूले बताएका छन्।

झण्डै एक घण्टाको प्रधानमन्त्री जोनसनको सम्बोधन अत्यन्तै महत्वपूर्ण रहेको पनि अधिकारीहरूको भनाइ छ।

युक्रेनको भेर्खोभना राडामा रुसले आक्रमण गरेपछिको यो पहिलो विदेशी नेताको सम्बोधन हो।

‘ब्रिटिश जनताले यस्तो एकता र संकल्प देखाए कि हामीले हाम्रो सबैभन्दा ठूलो खतराको समयलाई हाम्रो उत्कृष्ट समयको रूपमा सम्झन्छौं। यो य’क्रेनको उत्कृष्ट घडी हो, तपाईंको राष्ट्रिय कथाको एक महाकाव्यात्मक अध्याय हो जुन आउने पुस्ताले सम्झिनेछ र सम्झाइनेछ,’ जोनसनले भनेका छन्।

नयाँ सैन्य समर्थनअन्तर्गत इलेक्ट्रोनिक युद्ध उपकरण, एक काउन्टर ब्याट्री रडार प्रणाली, जिपिएस जामिङ उपकरण र हजारौं रात्रिकालीन दृष्टि उपकरणहरू समावेश हुनेछन्।

गत हप्ता बेलायतले युक्रेनलाई आक्रमण गर्ने रुसी विमानहरू विरुद्ध क्षेप्यास्त्र प्रहार गर्न सक्षम सशस्त्र वाहनहरू पठाउने योजनाको घोषणा गरेको हो। अघिल्लो सहायतामा ट्याङ्क विरोधी मिसाइलहरू, वायु रक्षा प्रणाली र टन प्लास्टिक विस्फोटकहरू समावेश छन्। एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.