‘अघोषित रूपमा दुई दलीय व्यवस्था’

‘अघोषित रूपमा दुई दलीय व्यवस्था’

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक अघोषित रूपमा दुई दलीय व्यवस्थामा गइसकेको बताएका छन्। झापाको विभिन्न स्थानमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एकातिर गठबन्धनमा आवद्ध सत्तारुढ दलहरू र अर्कातिर एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका हुन्।

‘अरू दल जोडजाड गरेर गठबन्धनका नाममा एमालेविरुद्ध लागेका छन्’, अध्यक्ष ओलीले भने, ‘अरु सबै एकातिर उभिएर चुनौती दिए पनि एमाले आफ्नै शक्तिको बलमा उभिएको छ। उसलाई कसैले हल्लाउन पनि सक्दैन ।’ 

पाँचदलीय गठबन्धनका नाममा जतिसुकै घेराबन्दी भए पनि स्थानीय तह निर्वाचनमा एमालेको बिजय यात्रालाई कसैले रोक्न नसक्ने अध्यक्ष ओलीले बताए। उनले पाँच दलीय गठबन्धन टुटोस भन्ने आफूहरूको चाहना नभए पनि यसले लुतोको जस्तो लक्षण देखाइरहेको टिप्पणी गरे। देश विकासको अभियानमा होमिएको एमालेलाइे छेक्न गरिएका प्रयास स्थानीय तह निर्वाचन परिणामले असफल पारिदिने बताउँदै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन आत्तिसकेको दाबी गरे। 

ओलीले पारिवारिक भागबन्डाको हिसाब मिलाउँदा मिलाउँदै नेकपा माओवादी केन्द्रले घोषणापत्र ल्याउन बिर्सिएको टिप्पणी गरे। व्यस्त कार्यतालिकाबीच गृह जिल्ला आएका ओलीले झापाको भद्रपुर, हल्दीबारी, धुलाबारी, बिर्तामोडलगायतका स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेको पक्षमा मतदान गर्न सार्वजनिक अपिल पनि गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.