इलाममा भएका दुई हत्यामा संलग्न ३ जना सार्वजनिक

इलाममा भएका दुई हत्यामा संलग्न ३ जना सार्वजनिक

ईलाम : इलाममा भएका दुईवटा हत्यामा सम्लग्न अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउगरी सार्वजनिक गरेको छ। इलाम नगरपालिका-८ सिङफिरिङकी ३१ वर्षिय बिनिता काफ्ले र देउमाई नगरपालिका-७ का सन्तोष वाला राईका हत्यारालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
 
जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलनगरी दुईवटा घटनाका हत्यारालाई सार्वजनिक गरेको हो। इलाम नगरपालिका-८ सिङफ्रिङकी बिनिता काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई पक्राउ गरी सार्वजनिक गरेको छ।

हत्यापछि शव गाडेको अवस्थामा फेला पारेपछि बिनिताका दाजु दिनेश काफ्लेले जिल्ला प्रहरी कार्यालय इलाममा किटानी उजुरी दर्ता गराएका थिए। किटानी जाहेरी परेपछि स्थानीय र प्रहरीको टोलीले खोजी गर्ने क्रममा २० गते महाभिरको जंगलबाट पक्राउ गरेको जनाइएको छ।
  
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार मृतक बिनिता र अभियुक्त रिमालबीच विगत १० वर्षदेखि चिनजान रहेको र ३ वर्षयता घनिष्ट सम्वन्ध रहेको बताइएको छ। मृतक बिनिता र रिमालबीच शारिरिक सम्वन्धसमेत रहेका कारण महिलाले बिहे नै गरेर लैजानुपर्ने बताएपछि रिमालले बिनिताको हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरी सूचना अधिकारी थापाको भनाई छ। 

बिनिताको श्रीमानको दुईवर्ष अघि मात्र बिदेशमा मृत्यु भएको परिवाको भनाई छ। उनीहरुको चार वर्षिय एक छोरी रहेको बताईको छ। मृतक र अभियुक्तबीच आर्थिक लेनदेनसमेत हुने गरेको थियो। बिनिता १५ गते माइत जाने तयारी भएपछि अघिल्लो दिन नै रिमालले उनको ज्यान लिएको बताइएको छ। 

इलाम देउमाई नगरपालिका-७  का सन्तोसवाला राईको हत्या अभियोगमा सोहि ठाउँका भूपेन राई र चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएको १६ गते शुक्रबार देउमाई ७ चुली गाउँस्थीत पूर्ण बहादुर दहालको भिरालो जमिनमा सन्तोष वाला राईको शव फेला परेको थियो। खोजी गर्ने क्रममा प्रहरीले सन्तोषवालाको हत्यामा सम्लग्न भएको भन्दै भुपेन र चन्द राई दाजुभाईलाई पक्राउ गरेको छ।

उनीहरुलाई पनि आज नै सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी थापाका अनुसार मदिरा सेवन गरेर सन्तोषको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सन्तोषको भूपेन र चन्द्रले ढुंगा प्रहारगरी हत्या गरेको बताइएको छ। दुई ब्यक्तिसहित हत्यामा प्रयोग भएको ढुंगासमेत जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ।
  
मृतककी श्रमिती सिता राईले बैशाख १७ गते घटनामा सम्लग्न भएको भन्दै कर्तब्य ज्यान सम्वन्धी किटानी समेत दिएपछि प्रहरीलाई पनि अनुसन्धानमा सहज भएको थियो। दुबै घटनामा सम्लग्नहरुलाई म्याद थपगरी अनुसन्धान सुरु गरिएको इलामका प्रहरी प्रमुख महेन्द श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.