भरतपुर आएका प्रधानमन्त्री देउवालाई स्वागत गर्न माओवादी नेता पुगे विमानस्थल

भरतपुर आएका प्रधानमन्त्री देउवालाई स्वागत गर्न माओवादी नेता पुगे विमानस्थल

चितवन : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आएका छन्। निर्वाचन आचारसंहिता अनुरुप उनले चितवनमा पार्टी सभापतिको रुपमा निजी गाडी प्रयोग गरेका छन्।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको निजी गाडी चढेर उनी भरतपुर विमानस्थलबाट भरतपुर हाइटको होटल सिराइचुली पुगेका थिए। बिहीबार आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न देउवासँगै वरिस्ठ नेता रामचन्द्र पौडेल चितवन आएका छन्।

देउवाको स्वागतमा केन्द्रीय सदस्यहरु जिल्लाका कांग्रेस र माओवादीका नेताहरु विमानस्थल पुगेका थिए। गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवार रेनु दाहाल र उपप्रमुख उम्मेदवार चित्रशेन अधिकारी पनि थिए। देउवा पुगेपछि भरतपुरको सिराइचुली होटलमा कांग्रेस र माओवादी नेताहरुको भीड लागेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.