बागी उठेका जगन्नाथलाई नेपालको आग्रह : राजनीतिक भविष्यका लागि उमेदवारी फिर्ता लिनुहोस्

बागी उठेका जगन्नाथलाई नेपालको आग्रह : राजनीतिक भविष्यका लागि उमेदवारी फिर्ता लिनुहोस्

चितवन : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुरमा सत्ता गठबन्धनको विरुद्ध उमेदवारी दिएका जगन्नाथ पौडेललाई मुलुकको राजनीतिक भविष्यका लागि उमेदवारी फिर्ता गर्न आग्रह गरेका छन् ।

गठबन्धन गरेका दलहरुको सहकार्यले मात्रै  मुलुकको राजनीतिक संकट टर्ने भन्दै उमेदवारी फिर्ता लिएर गठबन्धनको पक्षमा लाग्न आग्रह गरेका हुन् । सत्ता गठबन्धनको भरतपुरमा चुनावी सभालाई सम्बोधन गर्न चितवन आएका नेपालले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मुलुकको राजनीतिक संकट टार्नका लागि गरिएको गठबन्धनको जीत आवश्यक रहेको बताए।

उनले गठबन्धनको पक्षमा माहोल बनेको दावी गरे । कांग्रेसको सहकार्यबाटै राजनीतिक परिवर्तन भएको बताउँदै सबैलाई त्यसमा लाग्न आग्रह गरे। 'राजनीतिक मान्छेले राजनीतिक रुपमा सोच्छ । आफूलाई केन्द्र विन्दुमा राख्दैन पुरै सिङ्गो पार्टीलाई ध्यानमा राख्छ,'उनले भने, 'आजसम्म  नेपालको राजनीतिक परिवर्तनका लागि दुवै पार्टीले सहकार्य गर्दै आएका छन् । अनि मात्रै सफलता मिलेको छ । यसलाई ध्यानमा राखेर उहाँले उमेदवारी फिर्ता लिनुपर्छ र गठबनधनको उमेदवारको पक्षमा समर्थन गरेर अभियानमा जुट्नुभयो भने उहाँको इज्जत , प्रतिष्ठा , मर्यादा र राजनैतिक भविष्य राम्रो हुन्छ । ’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.