ढाका टोपी लगाएर तेन्जिङ नोर्गे शेर्पालाई सम्झिँदै भारतीय गृहमन्त्रीले भने, ‘हामी सबैका प्रेरणास्रोत’

ढाका टोपी लगाएर तेन्जिङ नोर्गे शेर्पालाई सम्झिँदै भारतीय गृहमन्त्रीले भने, ‘हामी सबैका प्रेरणास्रोत’

काठमाडौं : भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले तेन्जिङ नोर्गे शेर्पा प्रेरणाको स्रोत भएको बताएका छन्।

२९ मे १९५३ मा न्युजिल्याण्डका एडमन्ड हिलारीसँगै पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका शेर्पा नेपाली र भारतीय नागरिक हुन्।

सोलुखुम्बुमा हुर्किएका शेर्पा काममा सिलसिलामा दार्जिलिङमा लामो समय विताएका थिए। एसियाबाट सगरमाथाको आरोहण गर्ने पहिलो व्यक्ति बनेपछि भारतले उनलाई आफ्नो देशको नागरिकता दिएर भारतीय नागरिक बनाएको थियो। उनी नेपाली पासपोर्ट बोकेर बेलायत भ्रमणमा गएका थिए। त्यहाँबाट फर्किएपछि नयाँदिल्लीले उनलाई भारतीय नागरिकता दिएर आफ्नो नागरिक बनाएको थियो।

यद्यपि सगरमाथा आरोहण गर्दा उनी नेपाली नागरिक नै थिए। पछि उनले आफूलाई नेपाली र भारतीय नागरिक भनेर चिनाएका थिए।

दार्जिलिङमा भारतले उनको सम्मानमा विशाल शालिक निर्माण गरेको छ। दार्जिलिङ यात्रामा रहेका भारतीय गृहमन्त्री शाहले बिहीबार शालिकमा माल्यार्पण गर्दै शेर्पा सबैको प्रेरणाको स्रोत भएको बताएका थिए।

ढाका टोपी लगाएर माल्यार्पण गर्न शालिक पुगेका शाहले आफ्नो फेसबुकमा पेजमा नेपाली भाषामै लेखेका छन्, ‘२९ मे १९५३ऽ एउटा नयाँ इतिहास रचिएको दिन। जब हाम्रो दार्जीलिङका तेन्जिङ्ग नोर्गे शेर्पा, न्युजिल्यान्डका सर एडमन्ड हिलेरीसँग सगरमाथाको चुचुरोमा पुग्ने पहिलो मानव बन्नुभएको थियो।’

उनले अगाडि लेखेका छन्, ’उहाँ हामी सबैका प्रेरणस्रोत रहनुभएको छ। म उहाँलाई हार्दिक सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्दछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.