‘भरतपुरमा गठबन्धन टुटाउन षड्यन्त्र’

‘भरतपुरमा गठबन्धन टुटाउन षड्यन्त्र’

चितवन : भरतपुर महानगरपालिकाको निर्वाचनले केन्द्रको ध्यान तानिएको छ। गठबन्धनलाई जिताउन पाँच दलीय शीर्ष नेता चितवन आए। गठबन्धनको आवश्यकताबारे आफ्ना कार्यकर्तालाई सम्झाउन लागिपरे।  चुनाव जिताउन नेताहरूले एकै स्वरमा कार्यकर्तालाई आग्रह गरे । 

भरतपुरको प्रमुख आफ्नो भागमा नपरेपछि कांग्रेसका शीर्ष नेताहरू नै चितवन आएर आफ्ना मतदातालाई माहोल बनाउन आग्रह गरेका थिए। भरतपुरमा चुनावी सभा गरेर गठबन्धनको उद्देश्यमा लाग्न आग्रह गरे। बिहीबार केन्द्रीय बस ट्रमिनलमा चुनावी सभा गरेका थिए। 

कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरिएको स्पष्ट पारे। गठबन्धन भत्काउन षड्यन्त्र भएकोसमेत उनले बताए। गठबन्धनप्रति विश्वास गरेर मेचीदेखि महाकालीसम्मका जनताको भरोसा भएरै ८२ प्रतिशत प्रतिनिधिले आफूलाई सभापतिमा जिताएको बताए। ‘गठबन्धनको अन्त कतै विरोध हुँदैन । यहीँ मात्र किन भयो ?,’ उनले भने, ‘यहाँ गठबन्धन टुटाउने ठूलो षड्यन्त्र छ। यो षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी पनि खतरम हुन्छ। त्यसकारण रेणुदाहाल जी कुनै शंका नगरी जिताउनुपर्छ।’ 

जिल्लामा देखिएको असहमतिलाई सहमति गराउन नेताहरूले कसरत गरे। पटक–पटक नेतृत्व छाड्दाको आक्रोस कांग्रेसी कार्यकर्तामा छ। उनीहरूलाई सम्हाल्न पनि नेताहरू चितवन केन्द्रित छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धन दिगो बनाउने प्रतिबद्धता गरे। ‘अहिले पनि यो गठबन्धन राष्ट्र र जनताको आवश्यकता हो। यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो। समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर मत हालिँदैन हँसिया हतौडामा भनेर भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ उनले भने, ‘होइन यो राष्ट्रको आवश्यकता हो भनेर गठबन्धनले  जिते यो  १०/१५/२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ। तपाईंहरूले नेताहरू मात्रै नहेर्नुस्। तपाईंहरूको पनि फैसला गर्ने अधिकार छ। ’

नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली ‘बयलगाडा दर्शन’ का प्रवर्तक रहेको बताए । ‘उनी महागफाडी हुन्। गफमा केपी ओलीले विद्यावारिधि गरेका छन्। मान्छेलाई भुलाउन सक्छन्। होस् गर्नुहोला,’ उनले भने, ‘ओली गणतन्त्रविरोधी व्यक्ति। आज गणतन्त्र विरोधीसँग साँठगाँठ गर्दैछन्। त्यसकारण केपी ओली बयलगाडाका दार्शनिक हुन्।’ 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका कारण कांग्रेसलाई फाइदा पुगेको बताए। केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म कांग्रेसले बनाउन नसक्ने बताए। ‘कांग्रेसको प्रतिपस्र्धी माओवादी होइन, एमाले हो,’ उनले भने, ‘त्यसैले माओवादीसँग सहकार्य आवश्यक छ।’ 

सभालाई जनता समाजवादी पार्टीका नेता सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, कांग्रेस सहमहामन्त्री डीना उपाध्याय, केन्द्रीय सदस्य शंकर भण्डारी, टेकप्रसाद गुरुङलगायतले बोलेका थिए। तीव्र असन्तुष्टि देखिएको चितवनका कार्यकर्ता सम्हाल्न बुधबार सभापति देउवा आफैं आएका हुन्। २ दिनसम्म देउवा जिल्लाका नेता र कार्यकर्तासँगको भेटमा व्यस्त भए। गठबन्धनको विरोध गर्नेलाई स्पष्ट पार्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल पनि चितवन आएका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.