निर्वाचन अवधिभर रसुवामा मादकपदार्थ बिक्री वितरण गर्न नपाइने

निर्वाचन अवधिभर रसुवामा मादकपदार्थ बिक्री वितरण गर्न नपाइने

रसुवा : रसुवामा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न नपाइने भएको छ। निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो। 

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार यही बैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न पाइने छैन। मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएको हो। 

उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रसुवाले सूचनामार्फत जानकारी गराएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.