जी ७ का नेताहरूले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने

जी ७ का नेताहरूले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने

बर्लिन : विश्वका प्रमुख सात देशका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन्। अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल गर्ने बताइएको छ।

जर्मन सरकारका प्रवक्ता क्रिश्चियन होफमानले आगामी आइतबार उनीहरूबीच छलफल हुने जानकारी दिए। अहिले जी-७ को अध्यक्षसमेत रहेको जर्मनीले नै बैठकको संयोजन गरेको समाचारमा जनाइएको छ।

होफमानले पत्रकारहरुसँग भने, 'जर्मनीका चान्सलर अलाफ सोल्जले नै बैठकको संयोजन गर्नुहुने भएको छ।' उनका अनुसार भर्चुअल बैठकमार्फत् छलफल हुनेछ। दोस्रो विश्वयुद्ध अन्त्य भएको ऐतिहासिक दिनको रुपमा लिइने मे ८ कै दिन यसपटकको बैठक हुन लागेको जनाइएको छ।

बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल गरी मुख्य छलफल युक्रेन सङ्कटमा केन्द्रीत हुने अधिकारीहरूले जनाएका छन्। बैठकमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशको अहिलेको अवस्था र आवश्यकताका बारेमा विश्वका प्रभावशाली ती नेताहरूलाई जानकारी दिनेछन्।

जी-७ का नेताहरू युक्रेनलाई सहयोग गर्ने र रुसलाई आक्रमण अन्त्यका लागि दबाब दिने पक्षमा रहँदै आएका छन्। जी ७ अन्तर्गत क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पर्छन्। ती सबै देशले पहिलेदेखि नै युक्रेनको पक्षमा आफ्नो मत जाहेर गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.