बारामा अत्याधुनिक पेस्तोल र गोलीसहित दुई भारतीय पक्राउ

बारामा अत्याधुनिक पेस्तोल र गोलीसहित दुई भारतीय पक्राउ

वीरगन्ज : बाराको सिम्रौनगढबाट अत्याधुनिक हतियारसहित दुई भारतीय पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका- ९ बसवरीयादेखि कचोर्वा जाने सडकबाट शनिबार बिहान १० बजे सशस्त्र प्रहरीले अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जीन र  गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको बिहार प्रान्तको मोतीहारी जिल्लाका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन् । सिमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भई नेपाल प्रवेश गरेका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट चाइनिज पेस्तोल १ थान , त्यसमा लाग्ने २ राउण्ड गोली , १ थान म्याग्जनी २ थान , कटुवा पेस्तोल १ थान र त्यसको दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पेस्तोल र गोलीसहित पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।  

    


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.