सुख्खा पहिरोले अवरुद्ध नारायणघाट मुग्लिन सडक सुचारु
चितवन : हिजो साँझ ईच्छाकामना गाँउपालिका वडा नं ६ तोपेखोलामा खसेको पहिरोले अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक सुचारु भएको छ । शनिबार साँझ पौने आठ बजे अवरुद्ध बनेको बाटो आइतबार बिहान साढे पाँच बजे सञ्चालनमा आएको हो।
सुरुमा सवा चार बजे बाटो सुचारु भएको थियो । त्यसपछि फेरि आज बिहान सवा पाँच बजे पहिरोको सानो ढिस्को खसेको थियो । सो पहिरो पन्छाएपछि बाटो सुचारु भएको हो।