रसुवामा पोल भाडा नतिर्ने सेवा प्रदायकको जेठ १ गतेबाट लाइन काटिने

रसुवामा पोल भाडा नतिर्ने सेवा प्रदायकको जेठ १ गतेबाट लाइन काटिने

रसुवा : रसुवामा नेपाल विद्युत् प्राधिकरणले पोल भाडा नतिर्ने सेवा प्रदायकको जेठ १ गतेबाट लाइन काट्ने भएको छ। प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायकले ७ वर्षदेखि पोलभाडा नतिरेकोले लाइन काट्न लागिएको हो।

नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोन, इन्टरनेट, केबल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकले २०७२ सालदेखि शुल्क तिरेका छैनन्। 

नेपाल टेलिकम बाहेक अन्यले लामो समयदेखि शुल्क नतिरेका धुन्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए। सेवा प्रदायकलाई सम्झौता गर्नका लागि पटकपटक पत्राचार गरिएको छ। तर सेवा प्रदायकहरू हालसम्म सम्झौता गर्न आएका छैनन्। 

पोल भाडा सम्झौता गर्न अटेर गर्ने सेवा प्रदायक संस्थाहरूको हकमा आसन्न स्थानीय तहको मतदान केन्द्र तथा मतगणना स्थलहरूमा इन्टेरनेट सेवा प्रभावित नहुने एकिन गरी आउँदो जेठ १ गतेदेखि सम्बन्धित स्थानको स्थानीय कार्यालयको विद्युत लाइन काट्ने, नयाँ सेवा विस्तार गरेको पाइएमा सामग्री तथा उपकरणरू नियन्त्रणमा लिने निर्णय भएको छ। 

शुल्क नबुझाउने सबै सेवा प्रदायकको लाइन काट्नका लागि केन्द्रले परिपत्र गरिरहेको र यसको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

केन्द्रका अनुसार एनसेल, सुविसु, मर्कन्टाइल, वल्र्डलिंक, एनआइटिभी स्टे्रम्स, लाङटाङ केबल नेटवर्क, एभरेष्ट लिंक र बेत्रावती केवलले पोल भाडा नबुझाएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.