कञ्चनजंघा आरोहणका क्रममा भारतीय नागरिकको मृत्यु

कञ्चनजंघा आरोहणका क्रममा भारतीय नागरिकको मृत्यु

ताप्लेजुङ :  कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय नारायणम् आईयर रहेका छन् । आरोहणका क्रममा उनको ८ हजार २ समय मिटर उचाइमा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशाराम कार्कीले जानकारी दिए । 

उनी पायोनियर एड्भेन्ञ्चर प्रालिबाट हिमाल आरोहणमा गएका थिए । सो कम्पनीका कार्यकारी निर्देशक निमेष कार्कीका अनुसार उनको शवलाई उद्धारका लागि ६ जना शेर्पाको टोली परिचालित भइसकेको छ । 'हाम्रो ६ जना शेर्पाको टोली खटिएको छ । मौसमले साथ दिए तीन दिनभित्रमै तल ल्याइसक्छौं,' उनले भने । 

८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको आरोहणका लागि पायोनियर एड्भेन्चरबाट यसवर्ष १४ जना आएका थिए । त्यसमध्ये ६ जनाले सफल आरोहण गरिसकेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.