रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान

रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान

रसुवा : रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। 

सोमबार सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए। गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने छ। अन्य चारवटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ।  

जल्लामा ५ वटा पालिका छन्। जसमा २७ वटा वडा रहेका छन्। यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन्। जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन्। 

जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन। अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.